बर्दियामा सुरक्षा सर्तकता बढाईयो


पी सी एन
बर्दिया,१५ फागुन । नेत्र बिक्रम चन्द विप्लव महासचिव रहेको नेपाल  कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले बिष्फोटन तथा आगजनीका घटना  घटाउने क्रम जारि राखेपछि जिल्लामा स्थानीय तहका कार्यालय र सरकारी निकायमा  सुरक्षा सर्तकता बढाईएको छ ।
प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला सुरक्षा समितिले केही समय यता जिल्लामा हुदै आएको बिष्फोटन तथा आगजनीका घटनाबारे समीक्षा गर्दे जनमानसमा डर, त्रास  र भय हुन नदिन सुरक्षा सर्तकर्ता बढाई सुरक्षा निकायलाई हाई एलर्टमा रहन निर्देशन समेत दिएको हो । आठै स्थानीय तहमा सुरक्षा व्यवस्था सुदृढ बनाइएको छ । 
बर्दियाको मधुवन नगरपालिकाको कार्यालयमा आईतवार साझ पौने ६बजे  टाइम बम बिस्फोटनबाट जिल्लावासी, आठवटै स्थानीय तहका जनप्रतिनिधि,सर्वसाधरणमा डर,त्रास भय हुन नदिन जिल्लामा सुरक्षा सर्तकर्ता बढाई सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न आवश्यक निर्देशन दिईएको जिल्लास्थित एक सुरक्षा अधिकारीले बताए । उनले भने : स्थानीय तहका जनप्रतिनिधि ,कर्मचारी सबैले ढुक्कसंग काम गर्ने व्यवस्था मिलाएका छौ केही चिन्ता नलिनुस । 
जिल्लाभर आवश्यक पर्ने स्थानमा सुरक्षाकर्मी परिचालन गरि नेपाल  कम्युनिष्ट पार्टीका कार्यकर्ताको गतिविधिमा विशेष निगरानीमा राखेका छौ  : उनले भने । 
बर्दियाका सशस्त्र प्रहरी प्रमुख , नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक युवराज खडका,राष्ट्रिय अनुसन्धान बर्दियाका उप अनुसन्धान निरीक्षक नरेशबहादुर शाहले बम बिस्फोटबाट क्षति पुरयाईएको मधुवन नगरपालिका कार्यालयको सोमवार स्थलगत निरीक्षण गर्दै हाई एलर्टमा रहि त्यस क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ पार्न मातहतका सुरक्षा निकायलाई आवश्यक निर्देशन दिए । 


Comments