पी सी एन
बर्दिया, १६ फागुन । निवर्तमान सिचाइमन्त्री सञ्जयकुमार गौतमले हाल आफु मन्त्री नभएपनि प्रतिनिधी सभा सदस्य र बर्दिया कांग्रेसको सभापतिको हैसियतले बर्दियाली जनताले चाहेजस्तो विकास निर्माण गर्ने र नेपाली कांग्रेसको संगठनलाई सशक्त र सबल बनाउने प्रतिबद्धता जनाएका छन् ।
सिचाईमन्त्रीबाट राजनीमा दिएपछि पहिलोपटक गृहनगर गुलरिया आईपुगेका सिचाईमन्त्री गौतमले मंगलवार प्रेस क्लब अफ नेपाल (पी सी एन)संगको साक्षात्कारमा आफु सिचाईमन्त्री हुदाको छोटो कार्यकालमा बर्दियाको सिचाई,सडकका विकासका लागि धेरै काम गरेको स्मरण गर्दे उनले भने ः हाम्रो बर्दियालाई राम्रो, समृद्ध बर्दिया बनाउने मेरो अभियान छ त्यसैमा मेरो बुद्धि, विवेक र श्रम खर्च गर्नेछु ।
बर्दियाको समृद्धिसंग जोडिएको बबई सिचाई आयोजनालाई सयममै सम्पन्न गर्ने,कृषि पोलिटेकनिक स्कुल स्थापना गर्ने, गुलरिया मुर्तिहा नाकालाई छिट्टोभन्दा छिट्टो संचालनमा ल्याउने ,गुलरिया नगरपालिकामा कृषि औधौगिक क्षेत्र स्थापना गर्ने गराउने र जिल्लाको स्वास्थ्य ,शिक्षा, भाषाको स्तर सुर्धानु नै आफनो प्रमुख प्राथमकिताका कार्य रहेको उनले स्पष्ट पारे । उनले विकास निर्माणलाई गुणस्तरीय,छिटोछरितो र प्रभावकारी बनाउन स्थानीय समुदाय तथा कंग्रेस कार्यकर्ताहरुलाई विशेष चासो लिन आग्रह समेत गरे ।
निवर्तमासिचाईमन्त्री छदा सिचाईमन्त्रालयको काम छिटोछरितो ,प्रभावकारी र गुणस्तरीय बनाई र प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले उपाध्यक्ष वामदेव गौतमलाई पराजित गरेर राष्ट्रिय प्रसिद्धी कमाएका निवर्तमान मन्त्री गौतमले आफु मन्त्री पदमा नरहे पनि बर्दियामा सडक,पुल तथा सिचाइ पुर्वाधारको विकास गरि पर्यटन तथा कृषिमा आधारित उद्योग तथा ब्यापारको विकासद्धारा आफनो निर्वाचन क्षेत्रलाई पांच बर्षिभत्र विकास र समृद्धिको हिसाबले नेपालको नमुना जिल्ला बनाउने प्रतिबद्धता समेत जनाए ।
बर्दियाको विकास र समृद्धिको लागि आफु सिचाईमन्त्री हुदा मान,बबई र ओराईनदी व्यवस्थापन आयोजनाको अफीस गुलरियामा संचालन गरेर , राष्ट्रिय गौरवको भेरीबबई डाईभर्सन र बबई सिचाई आयोजनामा थप बजेटको व्यवस्था गराएको ,लामो समयदेखि अलपत्र रहेको हुलाकी सडकलाई नेपाल सरकारको बजेटबाट निर्माण कार्य शुरु गराएको,गुलरियाभित्र रिंगरोड र गुलरिया जब्दी रम्भापुर सडक कालोपत्रे लगायतका महत्वपुर्ण विकास आयोजनाहरुको शुरुवात गराएको स्पष्ट पारे ।
प्रेस क्लब अफ नेपाल (पी सी एन) संगको साक्षात्कारमा निवर्तमान सिचाईमन्त्री गौतमले बर्दिया भेरी र बबई नदीको उचित ब्यवस्थापन गरि बर्दिया खेतीयोग्य जमिनमा दिगो सिचाई प्रणाली विकास गरि बाह्रै महिना सिचाई उपलब्ध भई कृषि उत्पादन बढाउने किसानहरुको सपना पुरा गराई छाडने प्रतिबद्धता पनि जनाए । मन्त्री हुदाको ५ महिने छोटो अवधिमा कृषि,सिचाई,सडक ,पुल ,नदी व्यवस्थापन लगायतका कामहरु मार्फत बर्दियाको विकासका लागि धेरै काम गरेका सिचाईमन्त्री एंव नेपाली कांग्रेस बर्दियाका सभापति गौतमले बर्दियामा विकासको लहर उत्पन्न गर्ने कार्यलाई आफुले निरन्तरता दिने बताए ।
म मन्त्री नभए पनि सांसद र नेपाली कांग्रेसको सभापतिको हैसियतले पनि बर्दियामा परिवर्तन लिएर आउछु, विकासको मुल फुटाउछ र नया संभावनाको ढोका खोल्छु मलाई जिल्लावासीको सदैव साथ सर्मथनको खांचो छ ः उनले भने । पछिल्लोपटक बबई नदी व्यवस्थापन आयोजनाको कार्यालय गुलरियामा खोली बबई नदीको कटानको समस्या भोग्दै आएका नगरवासीलाई बबई नदीको कटान,डुबान र पटानबाट मुक्त गर्ने कार्यको शुभारम्भ समेत गरेको बताउनु भयो ।
उनले तत्कालिन पार्टी सभापति एंव पुर्व प्रधानमन्त्री सुशील कोईरालाको पालामा स्वीकृत १अर्ब २५करोड रुपियाका लागतमा सदरमुकाम गुलरियालाई जोडने मगरागाडि गुलरिया रजनवा बाटो केही दिनमै निर्माण शुरु हने जानकारी गराए ।
गुलरिया नेपालगंजको बाटोलाई डबल लेन गरेर लैजाने प्रकृया शुरु गरि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्व सरकारले बर्ष ३३ करोड रुपिया बिनियोजन गरेको , हुलाकी सडकलाई राजमार्गसंग जोडने ओरालीबजारदेखि अम्बासा,गणेशपुरदेखि धधवार लगायतका सडककहरुका लागि पर्याप्त मात्रामा रकम बिनियोजन गराएको स्मरण गरे ।
Comments
Post a Comment