पी सी एन
बर्दिया,१७ फागुन । पुर्व सिचाईमन्त्री ,प्रतिनिधि सभा सदस्य एंव नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जयकुमार गौतमले नेपालका मुस्लिम समदायले नेपाली कांग्रेस र लोकतन्त्रलाइ धेरै गुण लगाएको बताएका छन्
नेपाल मुस्लिम संघ बर्दियाको दोस्रो जिल्ला अधिवेशनलाई बुधवार गुलरियामा उद्घाटन गर्दे पुर्वमन्त्री गौतमले मुस्लिम समुदायको सहयोग,साथ र समर्थनले नेपाली कांग्रेसले हरेक आन्दोलन र निर्वाचनमा सफलता प्राप्त गरेको स्मरण गरे।
तपाईहरुको सहयोगले गुलरियाको स्थानीय चुनाव र बर्दिया १को प्रतिनिधि सभा निर्वाचनमा सफलता मिलेको हो अब तपाईहरुले मुस्लिम संघको संगठनलाई चुस्त,दुरुस्त बनाउनुस ः उनले भने ।
नेपाली कांग्रेस भित्र अनुशासन र पद्धती कायम गर्न सदैव जोड जोड दिदै आएका प्रतिनिधि सभा सदस्य एंव बर्दिया कांग्रेसका सभापति गौतमले आगामी दिन कंग्रेस कार्यकर्ताहरुका अत्यन्तै चुनौतीपुर्ण रहेकाले अनुशासित र मर्यादित भई नेपाली कांग्रेसको संगठन निर्माणमा लाग्न कार्यकर्ताहरुलाई निर्दैशन दिए ।
प्रदशे सभा सदस्य एंव नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य याकुब अन्सारीले नेपाली कांग्रेसमा बिधमान गुट उपगुटका कारण कांग्रेसले हालैको निर्वाचनमा हार ब्र्योहर्नु परेको प्रष्ट पार्दै कंग्रेस कार्यकर्ताहरु गुट उपगुटमा नलागी सिंगो नेपाली कांग्रेसको संगठन निर्माणमा लाग्नु पर्ने बताए ।
कंग्रेस महासमिति सदस्य एंव प्रदेश सभा सदस्य भुवनेश्वर थारुले नेपाल संघीय संरचनामा गइसकेको अवस्थामा नेपाली कांग्रेसले पनि संघीय संरचना अनुसार संगठन निर्माण गर्नुपर्ने बताए ।
नेपाल मुस्लिम संघ बर्दियाका अध्यक्ष अयुब हसन हलुवाईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमलाई नेपाली कांग्रेसका महसमिति सदस्य विद्याप्रसाद खनाल,बिजयदतm देवकोटा,खडानन्द तिवारी,सोदे बिष्ट, जुवेदा खातुन,जिल्ला सचिव मक्कुराम थारु ,जीवन मल्ल , नेपाल मुस्लिम संघका केन्द्रिय उपाध्यक्ष निजामुदीन शेष, ने वि संघ बर्दियाका अध्यक्ष शोभाकान्त पौडेल लगायतले सम्बोधन गरेका थिए ।
Comments
Post a Comment