पी सी एन
बर्दिया, ३फागुन। रङ्गशाला निमार्ण गर्ने उदेश्ययका साथ बारबर्दिया हाम्रो सान, भाषा, संस्कृति, सद्भाव हाम्रो पहिचान भन्ने नाराका साथ बर्दियाको बारबर्दिया नगरपालिकाको जयनगरमा सञ्चालन हुने बार बर्दिया महोत्सवको तैयारी पुरा भएको छ ।
आदीवासी जनजाती महाँसंघ नगर समन्वय समिति बारबर्दियाको आयेजनामा फागुन ११ देखि २० गतेसम्म महोत्सव सञ्चालन हुने महोत्सव सञ्चालन समितिका अध्यक्ष रामसोहन चौधरीले पी सी एनलाई बताए ।
उद्योग बाणिज्य संघ शाखा कार्यालय जयनगर र सदाशिव स्पोर्ट क्लब मगरागाडीको आयोजना र बारबर्दिया नगरस्तरीय युवा सञ्जाल सह आयोजनामा हुन लागेको महोत्सवले बारबर्दिया नगरपालिका अन्र्तरगत स्थानीय भाषा, कलासंस्कृति र साहित्य, कृषि औद्योगिक तथा पर्यटकीय क्षेत्रको बिकास र प्रर्वद्धन हुनुका साथै आन्तरिक बजार सुदृढ हुने लक्ष्य लिएको छ । घरेलु उद्योगबाट उत्पादित बस्त, दैनिक उपभोग्य सामग्रीहरु, अटोमोबाईल, कृषि उत्पादन तथा जडिबुटीहरु, हस्तकला, सुचना मुलक सामग्रीहरु, सुचना प्रबिधि, पर्यटकीय क्षेत्रको ब्यापक प्रचारप्रसार, स्थानीय परिकार, संस्कृतिक झलक, निमार्ण समाग्रीहरु, पुस्तक पर्दशनी, उत्पादन तथा परामर्श सम्बन्धी बिशेष ज्ञान, गार्मेन, जुत्ता तथा पस्मिना, स्वास्थ्य मनोरञ्जन लगायतका सामाग्रीहरु महोत्सवको प्रर्दशनीमा राखिने छ ।
महोत्सव संचालनको लागि आदीबासी जनजाति नगर समन्वय समितिका अध्यक्ष रामसोहन चौधरीको संयोजकत्वमा मुल समिति गठन गरि महोत्सवलाई सहज रुपमा सञ्चालन गर्नको लागि बिभिन्न उपसमितिहरु गठन गरि महोत्सव तयारीको काम अन्तिम चरणमा रहेको छ ।
Comments
Post a Comment