गुरुंग,खातुन र थारु जिल्ला बसोबास समितिको सदस्यमा मनोनित


पी सी एन
बर्दिया,२२माघ । जिल्ला बसोबास व्यवस्थापन समिति बर्दियालाई सोमवार पुर्णता दिईएको छ। 
नव नियुक्त अध्यक्ष रामकुमार थारुको अध्यक्षतामा बसेको समितिको बैठकले बांसगढी नगरपालिका ६का जुवेदा खातुन ,मधुवन ८का मेकबहादुर गुरुंग र बारबर्दिया ३ का जगतराम थारुलाई सदस्यमा मनोनित गर्दे समितिलाई पुर्णता दिएको हो । 
व्यवस्थित बसोबास बसोबास आयोग गठन आदेश २०७३मा समितिले उपयुक्त ठहराएको एक महीला सहित कम्तीमा ३जनालाई जिल्ला समितिमा सदस्य मनोनित गर्न सक्ने प्रावधान छ । जिल्ला बसोबास व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थारुको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटराई,गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तीनाथ यादव,नापी अधिकृत दयानन्द जोशी ,जिल्ला भुमिसुधार अधिकारी कृष्णप्रसाद ज्ञवाली,  सहायक वन अधिकृत श्याम लोपचन, जिल्ला समन्वय समितिकी अधिकृत पार्वती पण्डित र मालपोत कार्यालयका प्रतिनिधिको उपस्थिति थियो । 
समितिको अर्को बैठक माघ २५गते बस्ने अध्यक्ष थारुले बताए । सोमवार सम्पन्न बैठकमा समितिका सदस्यहरु बीच परिचयात्मक कार्यपनि सम्पन्न भएको छ । 
जिल्ला बसोबास व्यवस्थापन समितिमा  प्रमुख जिल्ला अधिकारी वा नेपाल सरकारले तोकेको ब्यतिm अध्यक्ष जिल्ला भुमिसुधार अधिकारी सदस्य सचिवमा र प्रमुख जिल्ला अधिकारी वा निजले तोेकेको अधिकृत प्रतिनिधि ,स्थानीय विकास अधिकारी ,जिल्ला वन अधिकृत,सम्बन्धित क्षेत्रको मालपोत र नापी कार्यालयको प्रमुख,वस्ती व्यवस्थापन गर्ने स्थानको स्थानीय तहको प्रमुख र समितिले उपयुक्त ठहराएको एक महीला सहित कम्तीमा ३ जना  गरि ९जना सदस्यहरु रहने प्रावधान छ ।
जिल्ला बसोबास ब्यवस्थापन समितिले जिल्ला भित्रका बिभिन्न स्थानमा रहेका स्लम बस्ती,अतिक्रमित सडक बस्ती,अव्यवस्थित बसोबास र अतिक्रमित कृषि सडक पहिचान गरि वास्तविक भुमिहीन र सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने छ । 
समितिले सरकारी,सार्वजनिक र गुठी जग्गामा  भएका अतिक्रमण रोक्न,अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या समाधानका लागि समेत कार्य गर्ने छ । 

Comments