पी सी एन
बर्दिया,५ फागुन । बर्दियाको गुलरियामा सम्पन्न प्रथम मेयर कप क्रिकेट प्रतियोगितामा विजेताको उपाधी गुलरिया ५को ब्लाकबक युवा क्लबले हात पारेको छ । प्रतियोगितामा जनचेतना क्लब खैरीले उपविजेताको उपाधी हात पारेको छ ।
गुलरियाको कवर्डहलमा भएको फाईनल खेलमा वल्याकबक क्लबले १८.५ ओभरमा अलआउट भई १ सय १४ रनको लक्ष्य दिएको थियो । ब्लाकबक क्लबका कन्यैया थारुले २० बलमा ६ छक्का र २ चौका गरि ४५ रन जम्मा गरेपछि खेल रोमान्चक समेत बनेको थियो ।
उपविजेता जनचेतना क्लव ५३ रनमा अलआउट भएपछि वल्याक बक क्लब प्रथम मेयर कपका विजेता भएको हो ।
विजेता ब्लाकबक टिमले २७ हजार ५ सय रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेता जनचेतनाले ११ हजार ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगितामा म्यान अफ द सिरिज सरोज बस्नेत घोषित भए । वस्नेतले नगद ५ हजार सहित पुरस्कृत भएका छन् ।
प्रतियोगितामा प्रथम र द्धितीय स्थान हासिल गर्ने खेलाडिहरुलाई पुरस्कार बितरण गर्दे गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले गुलरिया नगर क्षेत्रमा क्रिकेट,फुटबल,भलिबल लगायतका खेलकूद र त्यसमा संलग्न खेलाडिहरुको समग्र विकासका लागि नगरपालिकाले आगामी बर्षदेखि पर्याप्त मात्रामा बिजयी बजेट बिनियोजन गर्ने गराउने प्रतिबद्धता ब्यक्त गरे । उनले नगरपालिकाले गुलरिया क्षेत्रको सडक लगायतका भौतिक पुर्वाधारको विकासमा जोड दिएजस्तै आगामी बर्षदेखि खेलकूद विकासमा प्रशस्त बजेट बिनीयोजन गराउने बताए । उनले जिल्ला खेलकूद विकास समिति लगायतको समन्वयमा गुलरिया नगर क्षेत्रमा क्रिकेट लगायतका खेलकुदको प्रशिक्षकहरुको व्यवस्था गर्न गराउन आफु लागि पर्ने बताए ।
जिल्ला क्रिकेट संघ बर्दियाका अध्यक्ष बिनयराज भण्डारीको अध्यक्षतामा सम्पन्न समापन तथा पुरस्कार बितरण कार्यक्रमलाई वडा नं ७ का वडा अध्यक्ष गीता बस्नेत,नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धिताल,नेपाल क्रिकेट संघका सल्लाहकार कृष्णप्रसाद बस्याल,प्रेस क्लबका अध्यक्ष यम घिमिरे लगायतले क्रिकेट लगायतका खेल तथा खेलाडिहरुको विकास तथा विस्तारमा नगरपालिकाले विशेष चासो दिई बजेट ,नीति तथा कार्यक्रम बनाउनु पर्नेमा जोड दिए।
माघ २५ गते देखि संचालित मेयर कप क्रिकेटमा गुलरिया नगरपालिकाका ८ वटा क्लबहरुले भाग लिएका थिए।
सो कार्यक्रममा क्रिकेट प्रतिायोगिताको समाचार सम्प्रेषण गरेकोमा पत्रकार त्रय यादव आचार्य,निर्मल घिमिरे र दुर्गा आचार्यलाई प्रशंसित समेत गरिएको थियो ।
Comments
Post a Comment