प्रभावकारी अभियानका कारण बर्दियामा हात्तीपाईलेका रोगीको संख्या घटदै


पी सी एन्
बर्दिया,३फागुन । सन् २०२० भित्र नेपालबाट हाती पाईले निर्मुल गर्ने लक्ष्यका साथ बर्दियामा प्रभावकारी रुपमा संचालन गरिएको राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियानले हातीपाईले अर्थात फाईलेरीया रोगीहरुको संख्या घटिरहेको छ । 
जिल्ला स्वास्थ्य कार्यालयले व्यापक प्रचाप्रसारसहित तालिमप्राप्त दक्ष स्वास्थ्यकर्मी,स्वयमसेवकहरु मार्फत खोपकेन्द्र र छुटेकालाई घरघरमा गई औषधी खुवाउने कार्यले औषधी सेवन गर्नेहरुको संख्या बढेको हो । 
मंगलवार गुलरियामा आयोजित पत्रकार सम्मेलन तथा संचारकर्मीसंगको अन्तरकृयामा जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख महेन्द्रध्वज अधिकारीले आर्थिक बर्ष ०६८/६९मा अभियान शुरु गर्दा ७२५ जना कुष्ठ रोगी भेटिएकोमा आर्थिक बर्ष ०७३ /७४मा आईपुग्दा जिल्लामा १२२जना मात्र कुष्ठ रोगी भेटिएको तथ्यांक छ ।  
आर्थिक बर्ष २०६८ /६९मा आभियान शुरु गर्दा ५१प्रतिशत मात्रले औषधी सेवन गरेकोमो आर्थिक बर्ष २०७३/७४मा ८३ प्रतिशत जनसंख्याले नियमित औषधी सेवन गरेको प्रमुख अधिकारीले बताए । औषधी सेवन गर्ने मध्ये महिलाको संख्या ८९ प्रतिशत र पुरुषको संख्या ७७ प्रतिशत रहेको छ ।  
छैठौ चरणको अभियान अन्र्तगत २०७३सालमा जिल्लाको कुल जनसंख्या ४५९४४९९ मा २बर्ष मुनिका बालबालिका र गर्भवती महिला बाहेक ९४९०६ घरधुरीका ४२५७६४जनालाई हातीपाईलेको औषधी खुवाईएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका सुचना अधिकारी कृष्णगोपाल चौधरीले बताए । 
पत्रकार सम्मेलमा बोल्दै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धितालले हातीपाईले रोग निवारणमा जिल्ला स्वास्थ्य कार्यालयले चलाएको राष्ट्रिय अभियानलाई संचारमाध्यमहरुले सदैव सहयोग गर्दै आएको बताउदै संचारकर्मी  र जिल्ला स्वास्थ्य कार्यालय बीचको सार्थक समन्वयले अभियानले सफलता पाएको बताए । 
हात्तीपाईले रोग निवारणमा डाइइथाईल कार्बामाजिन र अबलेन्डाजोल औषधी प्रयोग हुदै आईरहेको छ । 

Comments