मुर्तीहा एस.एस.बी.द्वारा छोरी बचाउ अभियान,किशोरी शिक्षा र बृक्षारोपण सम्बन्धि सचेतना



पी  सी एन्
बर्दिया,२४ माघ । सशस्त्र सीमा बल (एस.एस.बी.) ५९ वाहिनी   नानपाराको मुर्तीहा ई कम्पनिले गुलरियासंग सीमा जोडिएको भारतकोे सलारपुरमा  सामाजिक चेतना अभियान अन्र्तगत महिला हिंसा तथा मानव बेचबिखन नियन्त्रण ,छोरी बचाउ र बृक्षारोपण अभियान र किशोरी शिक्षा सम्बन्धि सचेतनामुलक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । 
सीमा क्षेत्रमा बसोबास गर्नेहरुलाई सामाजिक रुपले जागरुक गर्न र उनीहरुको राष्ट्रभक्तिको भावना विकास गर्न सलारपुरमा शुरु गरिएको सो अभियानको एस.एस.बी. ई कम्पनि मुर्तीहाका कमाण्डेण्ट एंव सौजन्यकर्ता बत्सल चौधरीले उद्घाटन गरे । 
अभियान अन्र्तगत सीमान्तकृत क्षेत्रको बिकासका लागि भारत सरकारले संचालन गरेका कार्यक्रमहरुको साथै बृक्षारोपण,छोरी बचाउ अभियान,किशोरी शिक्षा र बृक्षारोपणको महत्व बारे सडक नाटक र गीत संगीत मार्फत स्थानीय समुदायलाई सचेतना जगाइएको छ । सोही कार्यक्रममा उच्च प्रावि सलारपुरका बिद्यार्थीहरुले गीत,संगीत,नृत्य र कविताको माध्यमबाट आफनो प्रतिभा समेत प्रस्तुत गरे।
प्रेस क्लबका अध्यक्ष यम घिमिरे,उद्योग बाणिज्य संघ गुलरियाका द्वितीय उपाध्यक्ष मनोजकुमार यादव,सलारपुर उच्च प्राविका प्रधानाध्यापक बलवन्त सिंहले नेपाल भारत सीमामा तैनाथ भएका एस.एस.बी.का जवानहरुले इमानदारी,देशप्रेम र सत्यनिष्ठाका साथ देशसेवाको साथसाथै सीमा क्षेत्रमाबसोबास गर्दे आइरहेका सीमान्तकृत समुदायका लागि सोलारबती,खानेपानी धारा निःशुल्क रुपमा उपलब्ध गराउदै आएकोमा एस.एस.बी.को सो कार्यको प्रशंसा समेत गरे ।  
सन् १९६५ सेप्टेम्बर २३मा हिमाचल प्रदेशमा स्थापना भएको सशस्त्र सीमा बल छैठौ वाहिनी नानपाराले नेपाल भारत सीमामा तैनाथ भइ सीमामा हुने तश्करी,घुसपैठ र अन्य अवैध गतिबिधीलाइ निस्तेज पारेको छ । 
उसले करौडौ मुल्यका निषेधीत वस्तुहरु,मादकपदार्थ,जाली नोट,हतियार,गोलीहरु समाउनुका साथै कयौं विद्रोहीहरु,तश्करहरु र एजेण्टहरुलाइ समेत गिरफतार गरेको छ ।सशस्त्र सीमा बललले हाल १हजार ७सय ५१किलोमिटर लामो  नेपाल तथा भारत र ६सय ६९किलोमिटर लम्बाइको भारत भुटान सीमामा राष्ट्रिय सुरक्षा हित सम्बन्धि जिम्मेवारी सम्हाल्दै आइरहेको छ । सीमा क्षेत्रमा सुरक्षाको भावनाको बिकास गर्नुृ,सीमा आरपार हुने अपराध रोक्नु ,देश भित्र र बाहिर हुने अनाधिकृत प्रवेशलाइ रोक्ने र अन्य अवैध गतिविधीहरुलाइ रोक्नु लगायतका कृयाकलापहरु एस.एस.बी.को चार्टर अफ डयुटीमा सामेल छन् ।


Comments