बर्दिया ,२० माघ । गरिब तथा विपन्न परिवारका महिलाहरुलाई आय आर्जनमा पंहचु पुरयाई आर्थिक रुपले आत्मनिर्भर बनाउने उदेश्ययले बर्दियाको मधुवन नगपालिका वडा नं ६ले तीन महिने निःशुल्क ब्युटीपार्लर तालिम शनिवारबाट शुरु गरेको छ । मधुवन नगरपालिकाकी उपप्रमुख सुवरानी थारुले तालिमको एक समारोहका बीच सो उद्घाटन गरेकी छिन् ।
तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दे उपप्रमुख सुवरानी थारु र वडा नम्बर ६का वडा अध्यक्ष भक्तबहादुर सुनारले महिलाहरु आर्थिक रुपले आत्मनिर्भर भएमा गरिब तथा विपन्नन परिवारको समृद्धि छिटो छरितो हुने भएकाले नगरपालिकाले विपन्न महिलाहरु आयआर्जन हुने सीपमुलक तालिममा जोड दिएको बताए । उनीहरुले ब्युटीपार्लर व्यवसायले महिलाहरुको आयस्तर र गरिमा बृद्धि गराएको मन लगाएर तालिम लिई व्यवसायिक क्षमताको विकास गर्न सझुाव दिईन । उनले सिप सिक्नु मात्रै ठुलो कुरा नभएको र सिप सिकेर व्यवहारमा लागु गर्नु पर्ने वताउनु भयो ।
गरिब तथा विपन्न परिवारका स्थानीय १५जना महिला तथा युवतीहरुको सहभागिता रहेको सो तालिमको प्रशिक्षकमा राष्ट्टिय सौन्दर्यकर्मी यूनियन वर्दियाका जिल्ला अध्यक्ष एंव पुनम व्युटी पार्लरका प्रोपाईटरलक्ष्मी पुरी रहेकी छिन् । उनले वडाले ३ महिने तालिमका लागी मात्र वजेट विनियोजन गरे पनी ३ महिनामा सवै आधारभुत सिप सिकिनस्कने भएकाले थप १ महिना निशुल्क तालिम दिने प्रतिवद्धता जनाईन ।
Comments
Post a Comment