श्रमिक,मजदूर लगायत पिछडिएको वर्गको उत्थानका निम्ती गाउपालिकाले ध्यान दिने उपप्रमुख गौतमको प्रतिबद्धता


पी सी एन
बर्दिया, १० फागुन। बढैयाताल गाउपालिकाकी उपप्रमुख दीपा गौतमले राष्ट्रलाई पाल्ने श्रमिक,मजदूर लगायत पिछडिएको वर्गको उत्थानका निम्ती गाउपािलकाले विशेष ध्यान दिने बताएकी छिन। उनले सरकारले प्रदान गर्ने सेवा सुविधामा गाउपालिकाको तर्फबाट थप सुविधा दिने बताईन । 
नेपाल बिजुली पेन्टर ,पलम्बर तथा निर्माण मजदूर युनियन (क्युपके नेपाल)को सदस्यता विस्तार अभियानलाई भोलागौडीमा सम्बोधन गर्दे उप्रमुख गौतमले स्थानीय सरकारले मजुदुरको मात्र नभई  एकल महिला ,जनजाति ,मधेशी ,पिछडा वर्ग लगायत सम्पुर्ण वर्गको न्याय ,उत्थान र आर्थिक समृद्धिका निम्ती काम गर्ने प्रतिबद्धता जनाईन ।  
नेपाल सरकारले गरिब ,मजदूर तथा पिछडा वर्गको उत्थानमा ल्याएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वय गर्न गराउने आफनो प्राथमिकतामा पर्ने बताउदै उपप्रमुख गौतमले संविधानमा उल्लेखित मौलिक हक बमोजिम गाउपालिकाले पनि जनतालाई अधिकार सम्पन्न गराईने उनको भनाई छ। 
क्युपेक नेपाल बढैयाताल गाउपालिकाको अध्यक्ष खेमबहादुर रावतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय उपाध्यक्ष शान्ता बस्नेत,नेपाल टेड युनियन महासंघ प्रदेश नम्बर ५का सचिवालय सदस्य पुर्णचन्द्र उपाध्याय लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 

Comments