पी सी एन्
बर्दिया १९ फागुन । पुर्ण सर–सफाईका लागी बर्दियाका पत्रकारहरुले संयुक्त प्रतिबद्धता जाहेर गरेका छन । युएन हेभिटयाटको सहयोग तथा आई डी एस नेपाल र मायुस बर्दियाको सहजीकरणमा खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजनामा गुलरियामा सम्पन्न आम सञ्चारकर्मी पत्रकारहरुसँगको पुर्ण सरसफाई सम्बन्धी अन्तर क्रियात्मक कार्यक्रममा उनीहरुले सो प्रतिबद्धता जाहेर गरेका हुन ।
सन् २०१५को जुन १२मा तराईको पहिलो तथा नेपालको २४औं खुल दिशामुक्त जिल्ला घोषणा भएको बर्दियालाई सन २०२० सम्म पुर्ण सरसफाई युक्त जिल्ला बनाउने लक्ष्यलाई सहयोग पुरयाउन सो प्रतिबद्धता जनाएका हुन ।
सन् २०२० सम्म जिल्लालाई पुर्ण सरसफाईयुक्त बनाउने रणनीतिक योजना २०१६को लक्ष्यलाई नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धिताल,प्रेस क्लबका अध्यक्ष यम घिमिरे,प्रेस युनियनका सदस्य दुर्गा आचार्य,प्रेस चौतारीका अध्यक्ष डिलप्रकाश गौतम,प्रेस सेण्टरका अध्यक्ष मेनका चौधरी लगायत जिल्लाका ३दर्जन बढि संचारकर्मीहरुले आ आफनो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका हुन ।
नेपाल पत्रकार महासंघ बर्दिया शाखा अध्यक्ष राजेन्द्र प्रसाद धितालले ब्यवासायिक दायित्व मात्र नभई सामाजिक उत्तर दायित्व भएकाले पत्रकार तथा सञ्चार माध्यमले पुर्ण सरसफाईका लागी प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने बताए । युएनह्याबिटेडको सहयोगमा आइडिएस नेपाल र मायुस बर्दियाले कार्यक्रमको सहजीकरण गरेका हुन । कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाई सब डिभीजन कार्यालय गुलरियाका सुब्बा कमला पण्डित,आडिएस नेपालका कार्यक्रम संयोजक तारा बहादुर खाती र युएनह्याबिटेडका कार्यक्रम संयोजक विष्णु दवाडिले पुर्ण सरसफाई सम्बन्धि बिषयमा पावरप्वाईन्ट प्रस्तुतीकरणबाट जानकारी गराएका थिए। ।
Comments
Post a Comment