निजी वन विकासको लागि जिल्ला वन कार्यालय बर्दियाको अनुरोध


आफ्नो निजी हक भोगको जग्गामा लगाई हुर्काएको वनलाई निजी वन भनिन्छ । निजी वनले पर्यावरण जोगाउनुको साथै जग्गाधनीको आम्दानी पनि बढाउछ । निजी वनले मानिसहरुको दैनिक आवश्यकिय वन पैदावार उपलव्ध गराएर प्राकृतिक वनमा पर्ने चाप कम गर्दछ । निजी वन विकासकोलागि जिल्ला वन कार्यालयले निम्न सहयोग गर्दछ ।

  • निजी बृक्षारोपणकोलागि निशुल्क रुपमा चाहिएको विरुवा उपलव्ध गराउदछ र विरुवा ढुवानीको लागि पनि सहयोग गर्छ ।
  • बृक्षारोपणकोलागि चाहिने प्राविधिक सहयोग निशुल्क उपलव्ध गराउदछ ।
  • निजी वन दर्ताकोलागि आवश्यक सहयोग उपलव्ध गराई निशुल्क रुपमा निजी वन दर्ता गर्दछ ।
  • निजी वन दर्ताकोलागि जग्गा नाप जाच गर्नु पर्ने भए सो को लागि प्रति निजी वन रु. ४०००/- सम्म अनुदान पनि उपलव्ध गराउदछ ।
  • उत्कृष्ठ निजी वनधनीहरुलाई प्रोत्साहन स्वरूप नगदै पुरस्कार पनि उपलव्ध गराउदछ ।


यसैले तपाईले निजी वन विकास गर्ने सोच बनाउनु भएको छ भने नजिकको वन कार्यालय वा तपाईको क्षेत्रमा काम गर्ने वन सामाजिक परिचालकसँग समन्वय गरि आवश्यक पर्ने विरुवाको मागको लागि फाराम भर्नुहोस ।

थप जानकारीका लागि
जिल्ला वन कार्यालय बर्दिया
फोन नं. : ०८४–४२०१५६

Comments