पी सी एन
बर्दिया,२८ फागुन । जिल्ला वन कार्यालय ,नेपाल निजामति कर्मचारी युनियन संघ र मानपुर युवा समाजको सहयोगमा जिल्ला क्लब महासंघले गुलरियामा प्रथम पटक अन्तर क्याम्पस हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा राजापुरको अमर शहिद बहमुखंी क्याम्पसले प्रथम स्थान हासिल गरेको छ । गुलरियाको बबइ बहुमुखी क्याम्पस दोस्रो र मधुवनको गुरास बहुमुखी क्याम्पसले तेस्रो स्थान हासिल गरेका छन् ।
क्याम्पसका बिद्यार्थीहरुमा सृजनशीलता,मौलिकता,आत्मअभिबृत्ती,सहयोगीपन, मित्रवत व्यवहार, पढने बानी,नेतृत्व क्षमता ,सकारात्मक सोच र समुह कार्य गर्ने बानीको विकास गर्ने उदेश्ययले संचालित प्रतियोगितामा प्रथम हुनेले १० , द्वितीय हुनेले ७ र तृतीय हुनेले ५हजार नगद पुरस्कार र प्रशंसा प्राप्त गरे ।
हाजिरजवाफ प्रतियोगिताका बिजयीहरुलाई बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटराई,जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल र बबई बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिनोद अग्रवालले पुरस्कार तथा प्रमाण पत्र बितरण गरे ।
जिल्लाका १०वटै क्याम्पसहरुको सहभागिता रहेको सो प्रतियोगितामा जिल्ला क्लब महासंघका अध्यक्ष महेन्द्रप्रकाश गिरीले सबबई बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिनोद अग्रवाललाई सोधेको हाल नेपालको प्रतिनिधि सभाको सभामुख को हुनुुहुन्छ भन्ने प्रश्नको उतर कृष्णबहादुर महरा दिएर क्याम्पस प्रमुख अग्रवालले प्रतियोगिताको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख सुशीला गिरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुर्खेतका तुलबहादुर खडका , जिल्ला क्लब महासंघका सल्लाहकार तेजबहादुर भाट,नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द्रप्रसाद धिताल, ,निजामती कर्मचारी युनियन संघका अध्यक्ष कृष्णप्रसाद आर्चाय , जिल्ला क्लब महासंघका महासचिव अमृत ढकाल लगायतले मन्तव्य राखेका थिए ।
Comments
Post a Comment