पी सी एन
बर्दिया,६चैत्र । जिल्ला युवा परिषद्को संयोजनमा राष्ट्रिय युवा परिषदले प्रदेश नं५का युवाहरुलाई प्रदेश नं ३को अवलोकन भ्रमण गराएको छ । युवालाई देशको भौगौलिक ,सांस्कृतक तथा पर्यटकीय अवस्थाप्रति परिचीत उद्यमशीलता तर्फ उन्मुख गराउने उदेश्ययले सो अवलोकन भ्रमण गराईएको हो ।
वैदेशिक रोजगार र रोजगारीलाई युवाहरुले प्राथमिकता दिइरहेको सन्र्दभमा उद्योगधन्दा तथा व्यापार व्यवसायको विकास तथा विस्तार गरि आफनो र आफनो परिवारको जीवनस्तर सुधार गर्न सकिने आत्मविश्वास जगाउन पनि सो भ्रमण सार्थक रहेको छ ।
प्रदेश नम्बर ५ का बर्दिया, बाके, प्युठान र रोल्पा जिल्लाका जिल्ला युवा समितिका अध्यक्ष, कार्यालय प्रमुख, युवा उद्यमी, युवा पत्रकार लगायतका ३० जनालाई परिषद्ले प्रदेश नम्बर ३का काभ्रे,काठमाण्डौ र ललितपुर जिल्लामा युवाहरुद्धारा संचालित उद्यम तथा व्यवसायहरुको स्थलगत अवलोकन गरार्ईएको हो ।
भ्रमण टोलीमा राष्ट्रिय युवा परिषदका सदस्य सुजित के.सी.,बर्दिया जिल्ला युवा समितिका अध्यक्ष बिष्णु जोशी, बर्दियाका जिल्लाका कार्यालय प्रमुख नीलकण्ठ रेग्मी,बांकेका कार्यालय प्रमुख रामसुरेश यादव,प्रेस क्लबका अध्यक्ष यम घिमिरे,नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष महावीर राना,रोल्पा जिल्ला युवा समितिका अध्यक्ष ठाकुर वली,प्युठान अध्यक्ष गेगनसिंह गहत,राष्ट्रिय युवा परिषदका अधिकृत लक्ष्मण गिरी लगायत ३०भन्दा बढि युवाको सहभागिता रहेको थियो ।
भ्रमण टोलील ललितपुर र काभ्रेका युवाहरुद्वारा संचालित कुखुरापालन,गाईपालन,तरकारी खेती,च्याउ खेती ,पुष्प व्यवसाय ,दुध डेरी उद्योगहरुको स्थलगत अवलोकन गरि ती व्यवसायहरुको लगानी,अवसर,मुनाफा र संचालन बिधीबारे जानकारी लिएको जिल्ला युवा परिषद् बर्दियाका अध्यक्ष बिष्णु जोशीले बताए । जिल्ला युवा समितिको कार्यालय बर्दियाका प्रमुख नीलकण्ठ रेग्मीका अनुसार टोलीले ललितपुर खुमलटारको राष्ट्रिय कृषि अनुसन्धान केन्द्र, ललितपुर गोदावरीको राष्ट्रिय वनस्पति उद्यान, काभ्रेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल नमोबुद्धको भ्रमण गरि स्थानीय स्तरमा पनि कसरी व्यवस्थित रुपमा पर्यटन उद्योग संचालन गर्न सकिन्छ भन्ने बारेमा जानकारी समेत लिएको छ ।
Comments
Post a Comment