बर्दियामा पनि विविध कार्यक्रम गरि विश्व क्षयरोग दिवस मनाईयो


पी सी एन
बर्दिया, १० चैत्र । विश्व क्षयरोग दिवस २०१८ बर्दियामा पनि विविध कार्यक्रम गरि मनाईएको छ ।
सबै तहको सकृय नेतृत्वको प्रतिबद्धता ,क्षयरोग मुक्त नेपालको सुनिश्चितता भन्ने मुल नाराका साथ जिल्ला स्वास्थ्य कार्यालयले बर्दियाका संचारकर्मीहरुसंग अन्तरकृया कार्यक्रम गरि दिवस मनाएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख महेन्द्रध्वज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी कृष्णगोपाल चौधरी,क्षय तथा कुष्ठरोगसुपरभाईजर जीवन रजौरे,बिराट नेपाल मेडिकल टष्टका कार्यक्रम संयोजक दिपक मल्ल लगायतले बर्दिया जिल्लामा क्षयरोगको अवस्था,क्षयरोग निवारणका लागि  जिल्ला स्वास्थ्य कार्यालयले खेलिरहेको भुमिका र आगामी दिनमा बर्दियामा पुर्ण रुपमा क्षयरोग नियन्त्रण गर्न मिडिया लगायत सरोकारवालाले खुल्नुपर्ने भुमिकाका विषयमा प्रस्तुतीकरण मार्फत जानकारी दिए ।
पत्रकार अन्तरकृया कार्यक्रममा प्रेस क्लबका अध्यक्ष एंव पत्रकार महासंघका प्रदेश सभासद यम घिमिरे,नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष बिनराज भण्डारी,प्रेस चौतारीका अध्यक्ष डिलप्रकाश गौतम,क्रान्तिारी पत्रकार महासंघका अध्यक्ष मेनका चौधरी,पत्रकार महासंघका संस्थापक अध्यक्ष बिष्णु तिमल्सि ,साथी एफ.एमका संयोजक टिकाराम रेग्मी रेडियो बबईका प्रतिनिधि मुरल्ी रैदाश रेडियो गुर्बाबाका बिमला चौधरी लगायतको उपस्थिति थियो । 

Comments