नियमति सुरक्षा दिईरहेका कार्यालयहरुको अतिरिक्त जिल्लामा अन्य थप सरकारी कार्यालयलाई चौबिसै घण्टा सुरक्षा निगरानीमा राखिएको र ती कार्यालयहरुमा प्रहरी हवलदारको कमाण्डमा आवश्यकता अनुसार प्रहरी जवानका अतिरिक्त सिभिल ड्रेसमा समेत प्रहरी परिचालन गरिएको छ । करिब एक महिना अघि बम विस्फोटन गराईएको गुलरिया नगरपालिकाको ९ नम्बर वडा कार्यालय र गुलरिया नगरपालिकासंगै जोडिएको ७ र ८को सयुक्त वडा कार्यालयलाई पनि प्रहरीले सुरक्षा निगरानीमा राखेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लामा सुरक्षा टाईट गरि सरकारी कार्यालयमा सुरक्षा निगरानी बढाएको बताए । सरकारी धन सम्पत्तिको रक्षा तथा कुनै अप्रिय घटना नघटोस भनेर पनि पूर्व सुरक्षा सर्तकता अपनाईएको उनको भनाई छ । “शान्ति, सुरक्षा कायम राख्ने सन्र्दभमा हामी कटिबद्ध र प्रतिबद्ध छौ, आवश्यकता अनुसार हामीले प्रहरी परिचालन गरि सुरक्षा निगरानी बढाएका हौं, उनले भने ।”
Comments
Post a Comment