चरा संरक्षणमा योगदान पुरयाउने चार ब्याक्ति र दुई संस्था सम्मानित



पी सी एन
बर्दिया, १९ फागुन । चरा तथा जैविकविविधता संरक्षणमा योगदान पुरयाए बापत कास्की र पोखराका दुई संस्थाहरु एक लाख रुपियासहित सम्मानित भएका छन् । 
सम्मानित हुनोन पोखरा चरा समाज कास्की र जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति गैड़ाताल रुपन्देही रहेका छन् । यस्तै, बर्डलाईफ इन्टरनेशनलको नेचर हिरोज अवार्ड जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति पिठौली नवलपरासीका संयोजक डीबी चौधरीलाई हस्तान्तरण गरिएको छ । 
पन्छी संरक्षण संघ (बीसीएन)को शनिबार भएको ३५औं साधारणसभामा उनीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रमकै अवसरमा नयाँ चरा पत्ता लगाउने व्यक्तिलाई पनि सम्मान गरिएको छ । यो वर्ष ‘स्टेप ग्रे श्रिक’ नामको चरा पत्ता लगाउने सन्देश गुरुङ र धिरज चौधरी तथा ‘शुटी टर्न’ नामको चरा पत्ता लगाउने अनिश तिम्सिना र डिकबहादुर मगरलाई सम्मान सम्मानपत्र हस्तान्तरण गरियो ।
 बीसीएनले संकटनमा परेका र पर्न सक्ने खतरामा रहेका विभिन्न प्रजातिका चराबारे अध्ययन–अनुसन्धानका साथै संरक्षणमा सरकारलाई सहयोग गर्ने गरेको छ। 
यसैबीच पंक्षी संरक्षण संघ नेपालको ३५औं साधारण सभाले चराविद् राजेन्द्र गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 
तीन वर्षे कार्यकालका लागि उपाध्यक्ष, महासचिव, सहमहासचिव र कोषाध्यक्षमा क्रमशः करणबहादुर शाह, विमल थापा, सरिता ज्ञवाली र अशोकबहादुर मल्ल चयन भएका छन्। प्रेमबहादुर बुढा, सुदर्शन कार्की, राजकुमार राई, रमेश चौधरी, उमंगजङ थापा र सविना कोइराला शर्मा सदस्य चयन भएका छन् ।


Comments