Skip to main content
बर्दियाका विपन्न किसानलाई कारितासको सहयोग
पी सी एन
बर्दिया १५चैत्र । बर्षेनी आउने बाढीका कारण क्षति ब्योहोर्दै आएका बर्दियाका बिपन्न तथा असहाय किसानहरुको जीवीकोपार्जन तथा आयआर्जनमा सघाउ पुरयाउन कारितास नेपालले पशुपालनका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
कारितास ईन्टरनेशनलको सहयोगमा कारितास फिल्ड कार्यालय गुलरियाले बारबर्दिया र गुलरिया नगरपालिकाका ५० घरपरिवार किसानलाई जनही १०हजारका दरले सहयोग गरेको हो।
कारितास फिल्ड कार्यालय गुलरियामा आयोजित कार्यक्रममा कारितास नेपाल क्षेत्रीय कार्यालय कोहलपुरका निर्दैशक जनक शर्मा,फिल्ड कार्यालय गुलरियाका प्रमुख खम्बसिंह बस्नेतले उनीहरुलाई सहयोगको चेक सहयोग हस्तान्तरण गरेका हुन । चेक हस्तान्तरण कार्यक्रममा वडा नं ४का वडा अध्यक्ष रामबहादुर रावल,वडा नं५का वडा अध्यक्ष सावित्रा गौतम,वडा नं १२का वडा अध्यक्ष रामबहादुर थारु समेतको उपस्थिति थियो । नेपाल बाढी प्रतिकार्य तथा पुर्नलाभ परियोजना मार्फत बाढी प्रभावित बारबर्दियाको २,३,४ र ११ र गुलरिया नगरपालिकाको ४,५,८,१२ का किसानहरुलाई सो रकम बितरण गरिएको कारितास नेपाल बर्दियाका संयोजक खम्बसिंह बस्नेतले जानकारी दिए।
प्राप्त सहयोग रकमबाट किसानहरुले बंगुर,कुखुरा र बाख्रापालन व्यवसाय संचालन गरि आफु रआफनो परिवारको जीवन सरल बनाउने कारितास नेपालका क्षेत्रिय निर्दैशक जनक शर्माले बताए ।१० महिना अर्थात ३० अगष्ट २०१८ सम्म संचालन हुने परियोजनाले तरकारी खेती तथा पशुपालन जस्ता आयआर्जनका काम,कामका लागि नगद,उच्च धारा निर्माण र स्वास्थ्य तथा सरसरफाई सम्बन्धि सचेतना लगायतका क्रियाकलाप मार्फत जोखिममा रहेका २६२९ घरधुरीका परिवारमा भविष्यमा आउने विपदका लागि उत्थानशील क्षमताको विकास समेत गराउने लक्ष्य लिएको छ ।
बाढीप्रभावित गुलरिया नगरपालिका र बार बर्दिया नगरपालिकाका बाढि पडिीतहरुका लागि खानेपानी सरसफाई,स्वास्थ्य,संरक्षण आयआर्जन लगायतका कामहरु गरिरहेको छ ।
Comments
Post a Comment