पी सी एन
बर्दिया, १६ चैत्र । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धितालले मानव अधिकार,लोकतन्त्र र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको रक्षा गर्न नेपालका पत्रकारहरुले खेलेको भुमिकाको प्रशंसा गरेका छन् ।
संघको ६३औं स्थापना दिवसको अवसरमा शुक्रवार गुलरियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष धितालले लोकतन्त्र बिना पत्रकारिता र नागिरिक स्वन्त्रता असंभव रहेको बताउदै लोकतन्त्र ,स्थिरता ,शान्ति , विकास र समृद्धिको लागि पहरेदारको रुपमा उभिन पत्रकारहरुलाई आग्रह गरे ।
अभिब्यति स्वतन्त्रता बिना मानव जीवन दासत्वको जंजीरमा बाधिए सरहको रहने बताउदै महासंघ अध्यक्ष धितालले लोकतन्त्र पत्रकारको घर भएकाले घरको सुरक्षाको लागि पत्रकारहरु सधै लाग्नुपर्ने बताए ।
नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ २०७४ चैत १६ गते स्थापना भएको हो । संघले आफ्नो स्थापनाको ६३ औं वर्षको अवसरमा देशैभर विविध कार्यक्रमको आयोजना गरको छ ।
नेपाली सञ्चार क्षेत्र यतिवेला विभिन्न अवसर र चुनौतीका बीचबाट गुज्रिरहेको बताउदै अध्यक्ष धितालले केन्द्र, प्रदेश र स्थानीय तह लगायत राज्यका सबै निकायका काम कारवाहीको निगरानी गर्न, सत्य–तथ्य सूचना प्रवाह गर्न पत्रकारहरु अझ बढी संवेदनशील बन्न जरुरी रहेको प्रष्टाए ।
प्रेस क्लब अफ नेपाल (पी सी एन )का केन्द्रियअध्यक्ष एंव नेपाल पत्रकार महासंघका प्रदेश सभा सदस्य यमनाथ घिमिरेले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत अभ्यास सुरु भएको सन्र्दभमा राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गरि सोही नीति अनुरुप सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्थाका गर्न सरकार र सरोकारवाला पक्षसँग आग्रह गरे । प्रेस क्लब अध्यक्ष घिमिरेले समानुपातिक विज्ञापन नीतिको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापना लगायतका मागहरू पूरा गर्न सरकासंग आग्रह पनि गरे । उनले कुनै पनि अभाव,दवाब र प्रभावबाट मुक्त भई जनकेन्द्रित पत्रकारितामा लाग्न सबैमा आग्रह गर्दै पत्रकारको भौतिक,व्यसायिक ,पेशागत सुरक्षामा राज्यले ध्यान दिनुपर्ने बताए ।
नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष बिनयराज भण्डारी सहसचिव दिपक श्रेष्ठ,प्रेस चौतारीका जिल्ला सचिव यज्ञ सापकोटा , प्रेस सेण्टरका केन्द्रिय सदस्य मेघराज सिग्देल,नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका उपाध्यक्ष यादव आर्चाय,संस्थापक अध्यक्ष बिष्णु तिमिल्सिना लगायतले संघको ६३औं स्थापना दिवसको अवसरमा जिल्लास्थित संचारकर्मी लगायत सबैलाइ शुभकामना दिएका छन्।
Comments
Post a Comment