रिता खडका
बर्दिया,२४ फागुन । अन्र्तराष्ट्रिय महिला दिवस २०१८को उपलक्ष्यमा बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ७ मोहनपुरमा ४ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।
वडा नम्बर ७ का वडा अध्यक्ष पदम खडकाले जेष्ठ नागरिकहरुलाई अबीर टिका लगाई र दोसल्ला ओढाई जेष्ठ नागरिकहरुलाई सम्मान गरेका हुन ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दे वडा अध्यक्ष खडकाले आफनो वडामा महिला तथा जेष्ठ नागरिकहरुको सशतिmकरण र सम्मानका लागि आफुले र आफनो वडा कार्यालयले प्राथमिकता दिने बताए ।
उनले महिला तथा जेष्ठ नागरिहरुलाई भेदभाव तथा हिंसा हुन नदिन ठाकुरबाबा नगरपालिकासंग समन्वय गरि वडा कार्यालयले सचेतनामुलक र आयआर्जनका कार्यक्रमहरु संचालन गर्ने र महिला तथा जेष्ठ नागरिकलाई भेदभाव गर्नेलाई सम्बन्धित निकायमा कारवाहीका लागि सिफारीस पर्ने गर्ने स्पष्ट पारे ।
सुषमा खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य छविलाल सापकोटा , एमाले नेता दीपलाल कडेल, अन्तर पार्टी महिला संजालकी अध्यक्ष दुर्गा सापकोटा , सदस्य गीता चौधरी लगायत महिला अधिकारको बारेमा ले बोलेका थिए । सोही अवसरमा महिला अधिकारका विषयमा गीत तथा नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।
Comments
Post a Comment