Skip to main content
पी सी एन्
बर्दिया, २०फागुन । बर्दियाको मधुवन नगरपालिकामा आज फागुन २०गते आईतवारबाट शुरु हुन लागेको मधुवन औधोगिक ब्यापारिक कृषि तथा पर्यटन महोत्सव २०७४को सम्पुर्ण तैयारी पुरा भएको महोत्सवका मुल समिति संयोजक उद्योग बाणिज्य संघ कुुम्बाबजार सानोश्रीका अध्यक्ष देबेन्द्रप्रसाद तिमिल्सेनाले बताएका छन् ।
प्रेस क्लब अफ नेपाल पी सी एन्संगको साक्षात्कारमा अध्यक्ष तिमिल्सिनाले नेपाल उद्योग बाणिज्य संघ प्रदेश नम्बर ५का अध्यक्ष गुणनिधी तिवारीले दिउँसो १बजे एक समारोहका बीच उद्घाटन गर्नुहुने महोत्सवको शत प्रतिशत तैयारी पुरा भएको बताउदै उद्घाटन समारोहमा सरिक हुन जनप्रतिनिधि,व्यापारी,सर्वसाधरण,सरकारी गैर सरकारी अधिकारीहरु ,संचारकर्मी सबैलाई आग्रह पनि गरे ।
देश निमार्णमा उद्योग ब्यापारको आवश्यकता , व्यवसायिक हितसंगै सामाजिक एकता भन्ने मुलनाराका साथ उद्योग बाणिज्य संघ कुुम्बाबजार सानोश्री तारातालको भवन निमार्ण गर्ने उदेश्ययले संचालन गर्न लागिएको महोत्सवको शत प्रतिशत तैयारी पुरा भएको र फाल्गुन २० गते देखि २९ गते अर्थात १० दिनसम्म सञ्चालन हुने मधुवन महोत्सवलाई सफल पर्न स्थानीयहरुको पुर्णरुपमा सहयोग हुने उनको विश्वास छ ।
प्रेस क्लब संगको साक्षात्कारमा अध्यक्ष तिमल्सिनाले महोत्सवमा अभिनेता निखिल उप्रेती, लोक गायिका देवी घर्ती, रामजी खाँड, बद्री पंगेनी, खुमन अधिकारी, पुष्कल शर्मा, दुर्गेश थापा, पूर्णकला बिसी, मिष्टर आरजे, रमेशराज भट्टराई, चक्र बम, गोपाल नेपाल, टंक तिमल्सिना, भूमिका गिरी, अर्जुन कौशल र हाँस्य कलाकारद्वय प्रकाश कँडेल ‘गुलेली कान्छा’ र बलराम सरकार ‘जादुगर’को विशेष प्रस्तुति हुने बताए । महोत्सवकै क्रममा हुने २५ हजार पुरस्कार राशीको मधुवन नगरस्तरीय खुला नृत्य प्रतियोगिता पनि तैयारी पुरा भएको छ ।
मधुवन औधोगिक ब्यापारिक कृषि तथा पर्यटन महोत्सव २०७४मा घरेलु उद्योगबाट उत्पादित बस्त, दैनिक उपभोग्य सामग्रीहरु, अटोमोबाईल, कृषि उत्पादन तथा जडिबुटीहरु, हस्तकला, सुचना मुलक सामग्रीहरु, सुचना प्रबिधि, स्थानीय परिकार, सांस्कृतिक झलक, निमार्ण समाग्रीहरु, पुस्तक , उत्पादन तथा परामर्श सम्बन्धी बिशेष ज्ञान, गार्मेन, जुत्ता तथा पस्मिना, झुला, नाउ, ड्रागन, टे«न, मौतका कुवा लगायतका २०० भन्दा बढिको स्टलहरु राखिने छ ।
महोत्सवबाट मधुवन नगरपालिका भित्र पर्ने खाता संरक्षित क्षेत्र तथा अन्तर्राष्ट्रिय जैविक मार्ग,खाता होमस्टे, गैडा र बाघ पाईने शिव सामुदायिक ,नेपालको सबभन्दा लामो गेरुवा नदिको पुलका साथै बर्दिया राष्टिय निकुञ्ज ,कृष्णसार,बढैयाताल लगायतको ऐतिहासिक तथा पर्यटकीय एतिहासिक क्षेत्रको प्रचारप्रसार समेत हुने उद्योग बाणिज्य संघ कुसुम्बाबजारका उपाध्यक्ष झक्कबहादुर बोहराले प्रेस क्लब संगको साक्षात्कारमा बताए ।
मधुवन नगरपालिका अन्र्तरगत स्थानीय भाषा, कलासंस्कृति र साहित्यको बिकास गर्न, कृषि औद्योगिक तथा पर्यटकीय क्षेत्रको बिकास, पर्वद्धन गर्दै आर्थिक बृद्धि तथा बिकास गर्न र स्वदेशी उत्पादनहरुको निर्यात प्रर्वद्धन एवम् आन्तरिक बजार सुदृढ पार्दै आयातलाई प्रतिस्थापन गर्ने महोत्सवले लक्ष्य लिएको उपाध्यक्ष बोहराको भनाई छ ।
Comments
Post a Comment