बर्दियामा कृषि,वन र पर्यटन उद्योगको प्रशस्तै संभावना छ : प्रदेश उपाध्यक्ष तिवारी


पी सी एन
बर्दिया २१फागुन । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर ५का अध्यक्ष गुणनिधी तिवारीले कृषि तथा पर्यटनमा आधारित उद्योगहरुको  प्रशस्तै संभावना बोकेको बर्दियामा कृषि,वन तथा पर्यटनमा आधिारित उद्योगधन्दामा लागनी गर्न निजी क्षेत्र ईच्छुक रहेको बताउदै  लगानी सुरक्षित हुने वातावारण तैयार पार्न सरकारसंग आग्रह गरेका छन् ।


मधुवन औधोगिक ब्यापारिक कृषि  पर्यटन महोत्सव २०७४लाई बर्दियाको कुसुम्बाबजारमा उद्घाटन गर्दे अध्यक्ष तिवारीले निजी क्षेत्रको लगानी सुरक्षित गर्न र भौतिक पुर्वाधर विकासका सवालमा केन्द्र तथा प्रदेश सरकारले बर्दियालाई विशेष प्राथमिकता दिनुपर्ने बताए ।
उनले कृषि ,वन ,जडिबुटी तथा पर्यटनमा आधारित अनैकौ उद्योगको संभावना बोकेको बर्दियामा सडक तथा पुल लगायतका भौतिक पुर्वाधारको बिकास गर्नुपर्ने जरुरी रहेको प्रष्ट पारे । अध्यक्ष तिवारीले कृषि,वन तथा पर्यटनमा आधारित उद्योगहरुमा लागनी कर्ता लगानीकर्ताहरुको भविष्य बर्दियामा उज्जवल रहेको पनि उनको जिकीर छ  ।
कार्यक्रममा बिशिष्ट अतिथि तथा प्रदेश नम्बर ५का प्रदेश सभासदस्य कुलप्रसाद पोख्रेलले बर्दिया जिल्लालाई कृषि र पर्यटनमय जिल्ला बनाउने पहिलो काम आफुहरुको रहेको बताए ।
कुसुम्भाबजार उद्योग बाणिज्य संघका अध्यक्ष देवेन्द्रप्रसाद तिमल्सििनाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमलाई मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर के सी,नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धिताल, उद्योग बाणिज्य संघ गुलरियाका अध्यक्ष बिरबहादुर चौधरी ,नेपाली कांग्रेसका जिला सचिव जीवन मल्ल लगायतले सम्बोधन गरेका थिए । महोत्सवको उद्घाटन कार्यक्रममा बिभिन्न समुदाय तथा जातजातिका सास्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिएको थियो ।
देश निमार्णमा उद्योग ब्यापारको आवश्यकता , व्यवसायिक हितसंगै सामाजिक एकता भन्ने मुलनाराका साथ उद्योग बाणिज्य संघ कसुुुम्भाबजारको आयोजना ,नुरी स्टोन क्रेसरको मुख्य प्रायोजन,लिला इन्टरनेशनलको प्रायोजन,भण्डारी फर्नीचर एण्ड सप्लार्यस र निर्माण व्यवसायी संघ बर्दियाको सह प्रायोजनमा भएको महोत्सव फागुन २९ गते अर्थात १० दिनसम्म  सञ्चालन हुनेछ।  
महोत्सवमा अभिनेता निखिल उप्रेती, लोक गायिका देवी घर्ती, रामजी खाँड, बद्री पंगेनी, खुमन अधिकारी, पुष्कल शर्मा, दुर्गेश थापा, पूर्णकला बिसी, मिष्टर आरजे, रमेशराज भट्टराई, चक्र बम, गोपाल नेपाल, टंक तिमल्सिना, भूमिका गिरी, अर्जुन कौशल र हाँस्य कलाकारद्वय प्रकाश कँडेल ‘गुलेली कान्छा’ र बलराम सरकार ‘जादुगर’को विशेष प्रस्तुति हुने बताए । महोत्सवकै क्रममा हुने  मधुवन नगरस्तरीय खुला नृत्य प्रतियोगितामा प्रथम हुनेलाई २५हजार नगद तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष तिमिल्सिनाले बताए ।
 मधुवन औधोगिक ब्यापारिक कृषि  तथा पर्यटन महोत्सव २०७४मा घरेलु उद्योगबाट उत्पादित बस्त, दैनिक उपभोग्य सामग्रीहरु, अटोमोबाईल, कृषि उत्पादन तथा जडिबुटीहरु, हस्तकला, सुचना मुलक सामग्रीहरु, सुचना प्रबिधि, स्थानीय परिकार, सांस्कृतिक झलक, निमार्ण समाग्रीहरु, पुस्तक , उत्पादन तथा परामर्श सम्बन्धी बिशेष ज्ञान, गार्मेन, जुत्ता तथा पस्मिना, झुला, नाउ, ड्रागन, टे«न, मौतका कुवा लगायतका १५० भन्दा बढिको स्टलहरु राखिएको छ ।
महोत्सवबाट मधुवन नगरपालिका भित्र पर्ने खाता संरक्षित क्षेत्र तथा अन्तर्राष्ट्रिय जैविक मार्ग,खाता होमस्टे, गैडा र बाघ पाईने शिव सामुदायिक ,नेपालको सबभन्दा लामो गेरुवा नदिको पुलका साथै बर्दिया राष्टिय निकुञ्ज ,कृष्णसार,बढैयाताल लगायतको ऐतिहासिक तथा पर्यटकीय ऐतिहासिक क्षेत्रको प्रचारप्रसार समेत हुने उद्योग बाणिज्य संघ कुसुम्बाबजारका उपाध्यक्ष झक्कबहादुर बोहराले बताए ।
मधुवन नगरपालिका अन्र्तरगत स्थानीय भाषा, कलासंस्कृति र साहित्यको बिकास गर्न, कृषि औद्योगिक तथा पर्यटकीय क्षेत्रको बिकास, पर्वद्धन गर्दै आर्थिक बृद्धि तथा बिकास गर्न र स्वदेशी उत्पादनहरुको निर्यात प्रर्वद्धन एवम् आन्तरिक बजार सुदृढ पार्दै आयातलाई प्रतिस्थापन गर्ने महोत्सवकोे लक्ष्य सफल हुने आयोजकको विश्वास छ । 


Comments