बर्दियामा वन डढेलो रोकथाम तथा नियन्त्रण कार्य प्रभावकारी बन्दै


पी सी एन
बर्दिया, २७ फागुन । प्रतिबर्ष २९२५ हेक्टर भन्दा बढि वनक्षेत्र वन डढेलोबाट क्षति हुदै आएको बर्दियामा सरोकारवाला निकायहरुबीच आवश्यक समन्वय गरि वन डढेलो रोकथाम तथा नियन्त्रण कार्य प्रभावकारी बनाइने भएको छ ।
जिल्ला वन कार्यालय बर्दियाले गुलरियामा आयोजना गरेको सरोकारवाला बीचको बैठकले वन डढेलोबाट ठुलो मात्रामा रुख ,बिरुवा तथा बुटयानहरुमा क्षति पुग्दै आएकोले यस बर्ष पानी कम पर्ने संभावना रहेकोले वन डढेलो नियन्त्रणका लागि विगतभन्दा अझै प्रभावकारी किसिमले निरोधात्मक तथा प्रतिरोधात्मक उपायहरु अवलम्बन गर्ने निर्णय गरिएको हो । 
बर्दिया जिल्ला आगलागीको अत्यन्तै जोखिममा रहेको छ ।  प्रत्येक वर्ष फागुनदेखि जेठसम्म ४ महिनाको अवधिमा ३७५पटक जति यहा वन डढेला लाग्ने भएकाले वन डढेलो नियन्त्रणका लागि वन उपभोक्ता सदस्य, स्थानीय समुदाय,कर्मचारी ,सुरक्षा निकाय,सञ्चाकर्मीहरुलाई जनचेतना प्रदान गर्नुका साथै समुहबाट अग्नीरेखा निर्माण तथा व्यवस्थापन र  आगो नियन्त्रणका सामाग्रीहरु वन समुहहरुमा बितरण गरिएको जिल्ला वन अधिकृत शिव सापकोटाले बताए ।
सहायक वन अधिकृत श्यामबाबु लोपचनका अनुसार २००१देखि २०१६सम्म १५ बर्षको अवधिमा बर्दियामा ६३८३ पटकमा ४३८६९हेक्टर वनमा वन डढेलोले क्षति पुरयाएको यस बर्ष जिल्ला वन कार्यालयले वन डढेलो नियन्त्रणका लागि सरोकारवाला निकायसंग समन्वय गरि सजगता अपनाईवन डढेलो नियन्त्रणका लागि पनि आवश्यक जनशतिm र सामाग्रीलाई तैयारी अवस्थामा राखेको बताए ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटराईले यस पटक कुनै पनि वनमा आगो लाग्न नदिन सरोकारवालाहरु सचेत हुनुपर्ने बताउदै जिल्ला वन र स्थानीय समुह सदस्य र समुदायले वन क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न नसके आवश्यकता अनुसार सुरक्षा निकाय पनि परिचालन हुने बताए । जिल्ला विपद् व्यवस्थापन समितीको अध्यक्षको नाताले जिल्लामा आईपर्ने जुनसुकै विपदको व्यवस्थापनमा आफनो चासो रहने प्रष्टाए ।
बर्दियाका प्रहरी नायब उपरीक्षक युवराज खडका,नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धिताल, प्रेस क्लब अध्यक्ष यम घिमिरे,सामुदायिक वन उपभोक्ता महासंघका भुमीराज लामिछाने लगायतले अमुल्य प्राकृतिक सम्पतिको रुपमा रहेको वनलाई वन डढेलोबाट जोगाउनु आफुहरु सबैको दायित्व र कर्तव्य रहेको प्रष्ट पारे । 


Comments