पी सी एन्
बर्दिया १२चैत्र । जिल्ला वन कार्यालय बर्दियाले वन डढेलो हुन नदिने र डढेलो नियन्त्रणमा प्रभावकारी भुमिका खेल्ने सामुदायिक वनलाई पुरस्कृत गर्ने भएको छ । वन डढेलो नियन्त्रण कार्य दिगो र प्रभावकारी बनाउन ती समुहलाई नगद पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिने जिल्ला वन अधिकृत शिव सापकोटाले बताए ।
प्रेस क्लब अफ नेपाल पी सी एन संगको साक्षात्कारमा जिल्ला वन अधिकृत सापकोटाले प्रत्येक बर्षको गर्मीयाममा वन क्षेत्रमा आगलागीका घटनाहरु बढ्दै गई वन डढेलोले पुनरुत्पादन र वन्यजन्तुलाई प्रत्यक्ष असर पारिरहेकोले बर्दियाको वन व्यवस्थापन तथा विकासमा मुख्य चुनौतिको रुपमा देखिएको वन डढेलो नियन्त्रणमा सामुदायिक वनले महत्वपुर्ण भुमिका खेलेको र खेल्न सक्ने भएकाले उनीहरुलाई पुरस्कार तथा प्रंशसा पत्र प्रदान गर्न लागेको बताए ।
जेठको अन्तिम तिर वा आगलागीको घटना अब हुदैन भन्ने महसुस भए लगतै जिल्लामा एक समीक्षा बैठकले आयोजना गरि सबभन्दा राम्रो आगो नियन्त्रण गर्ने र आगलागि हुन नदिने सामुदायिक वनलाई उचित पुुरस्कार दिने कार्यालयले जनाएको छ ।
बर्दियामा प्रतिबर्ष २९२५ हेक्टर भन्दा बढि वनक्षेत्र वन डढेलोबाट क्षति हुदै आएकाले वन डढेलोे लाग्न नदिने र आगो लागि हालेमा निभाउन छिट्टो र पहिलो भुमिका सामुदायिक वनका उपभोक्ता र सदस्यहरुले खेल्न सक्ने बताउदै वन समुह र उपभोक्ताको उत्प्रेरणा जगाउन पुरस्कार तथा प्रशंसा पत्र दिन लागेका हौ ः उनले भने ।
वन डढेलो नियन्त्रणमा सचेतना फैलाउन सामुदायिक वन समुह र सामुदायि वन उपभोक्ता महासंघले हालसम्म खेलेको भूमिकाको प्रशंसा गर्दे उनले सामुदायिक वनले मांग गरेमा आगो नियन्त्रण गर्न जिल्ला प्रकोप व्यस्थापन समितिको निर्णय अनुसार थप सहयोगमा सुरक्षाकर्मी वा दक्ष जनशक्ति परिचालन गर्न सकिने प्रष्टाए । जिल्ला वन अधिकृत सापकोटाका अनुसार यो बर्ष कम पानी कम पर्ने संभावना रहेकोले वन डढेलो नियन्त्रणका लागि विगतभन्दा अझै प्रभावकारी किसिमले निरोधात्मक तथा प्रतिरोधात्मक उपायहरु अवलम्बन गर्नुपर्ने जरुरी छ ।
आगलागीको अत्यन्तै जोखिममा रहेको छ बर्दियामा प्रत्येक वर्ष फागुनदेखि जेठसम्म ४ महिनाको अवधिमा ३७५पटक जति वन डढेला लाग्ने भएकाले वन डढेलो नियन्त्रणका लागि वन उपभोक्ता सदस्य, स्थानीय समुदाय सचेत रहनु पर्ने सहायक वन अधिकृत श्यामबाबु लोपचनको भनाई छ । बर्दियामा सन् २००१देखि २०१६सम्म १५ बर्षको अवधिमा ६३८३ पटकमा ४३हजार ८सय ६९हेक्टर वनमा वन डढेलोले क्षति पुरयाएको देखिन्छ ।
Comments
Post a Comment