बबई,भादा ,औरही नदी नियन्त्रण आयोजनाद्वारा गुलरियामा एकदिने अन्तरकृयात्मक कार्यक्रम सम्पन्न


पी सी एन
बर्दिया, ६ चैत्र । नेपाल सरकारका पुर्व सिचाईमन्त्री सञ्जयकुमार गौतमको पहलमा २०७४साल कार्तिक ९गते बर्दिया जिल्लामा छुट्टै आयोजनाका रुपमा स्थापित बबई,भादा ,औरही नदी नियन्त्रण आयोजनाले मंगलबार गुलरियामा जिल्लास्थित सरोकारवालहरुसंग एकदिने अन्तरकृयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद थारुको अध्यक्षतामा भएको कार्यक्रममा अधिकांश सहभागीहरुले नदीजन्य जोखिमबाट अति प्रभावित बर्दिया जिल्लामा नदीजन्य क्षति न्युनीकरण गर्न आयोजना सफल रहने विश्वास ब्यक्त गरेको छन् ।
  आयोजनाले नदी तटबन्ध तथा व्यवस्थापन कार्य दिगो ,गुणस्तरीय समयमै सम्पन्न गर्न समुदाय,जनप्रतिनिधि,सरकारी निकाय , निर्माण व्यवसायी सबैजना जिम्मेवार भएर प्रस्तुत हुने बताए । 
अन्तरकृया कार्यक्रममा परियोजनाका बारेमा जानकारी दिदै परियोजना प्रमुख नारायणप्रसाद सुवेदीले परियोजनाको उदेश्यय अनुरुप गुणस्तरीय काम गर्न गराउन आफु लागि पर्ने बताउदै परियोजना सफल कार्यान्वर्यनमा सबैको सहयोग जरुरत रहेको प्रष्ट पारे । 
अन्तरकृया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटराई,प्रदेश सभा सदस्य तिलक शर्मा हिमाल,ने क पा एमाले बर्दियाका अध्यक्ष हरि ज्ञवाली, मओावदी केन्द्रका गुलरिया नगर ईन्चार्ज गेहेन्द्र ढकाल,नेपाली कांग्रेस बर्दियाका सचिव जीवन मल्ल,नगरप्रमुखहरु मुक्तीनाथ यादव,गणेशबहादुर के सी,दुर्गाबहादुर थारु,निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष भेषराज पौडेल लगायतले आफनो धारणा राख्दै दिगो र गुणस्तरीय काममा आयोजनाले ध्यान दिनुपर्ने बताए ।

Comments