महिला र पुरुष संगसंगै हातेमालो गरिअघि बढनुपर्ने पुर्वमन्त्री गौतमको भनाइ

पी सी एन
बर्दिया,२५फागुन । बर्दियाका आठवटै स्थानीय तहमा भब्य र सभ्य रुपमा अन्तर्राष्टिय महिला दिवस मनाउने क्रम जारि छ । आठवटै स्थानीय तहमा सम्मान,गीत तथा नृत्य प्रतियोगिता र अन्य खेलकुद लगायतका गतिविधि गरि दिवस मनाईएको छ ।
दिवसकै अवसरमा आयोजित एक कार्यक्रममा पुर्व सिचाइमन्त्री संजयकुमार गौतमले महिला र पुरुष संगसगै हातेमालो गरेरर अघि बढेमा बर्दिया जिल्लाले छिट्टै समृद्धि हासिल गर्ने बताएका छन्।
१०८औ अन्र्तराष्ट्रिय महिला दिवसलाई बर्दियाको सदरमुकाम गुलरियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री गौतमले कुनैपनि ठाउले छिट्टै समृद्धि हासिल गर्न विकास प्रकृयामा महिलाहरुको पनि सकृय र अर्थपुर्ण सहभागिता देखाउन जरुरी रहेको बताए ।
हाम्रो बर्दियालाई राम्रो र समृद्ध बर्दिया बनाउन महिलाहरुको शिक्षा ,तालिम ,सुचना प्रविधि ,रोजगारी र राजनीतिमा सहज एंव सहज रुपमा पंहुच जरुरी रहेको बताउदै प्रतिनिधि सभा सदस्य एंव नेपाली कांग्रेस बर्दियाका सभापति संजयकुमार गौतमले महिलाहरुमाथि हुदै आएको थिचोमिचो ,हिंसा र बिभेद अन्त्यकोलागि घरपरिवारबाटै पहिलो पहल जरुरी रहेको जिकीर गरे । महिलाहरुलाई सम्मानगर्ने परिपाटीको विकास गर्न अत्यन्तै जरुरी रहेको बताउदै उनले महिला हिंसा अन्त्य गर्न ब्यक्ती ,परिवार,समुदाय, सरकार सबैको प्रतिबद्धता आवश्यक रहेको बताए । गुलरिया नगरपालिकाको प्रमुख मुक्तीनाथ यादवले घरपरिवार र सरकारबाट पछाडि पारिएका महिलाहरुको चौर्तफी विकासका लाग नगरपालिकाले विशेष कार्यक्रम बनाई अघि बढने बताए ।उनले बलत्कारजन्य अपराध गर्नेलाई मृत्युदण्डाको सजाय हुने कानुनी व्यवस्था हुनेपर्ने बताए ।
गुलरिया नगरपालिकाका उपप्रमुख सुशीला गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटराई,नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द्रप्रसाद धिताल,गैसस महासंघ अध्यक्ष बिष्णुप्रसाद तिमल्सिना,महिला नेतृहरु टिका अधिकारी ,सावित्रा गौतम,लक्ष्मी नेपाल लगायतले महिला दिवसको महत्व लगायतका विषयमा आफनो धारणा राखेका थिए । 


Comments