Skip to main content
सभापति गौतमबाटबर्दिया कांग्रेसको कार्य समिति विस्तार
पी सी एन
बर्दिया २० फागुन । नेपाली कांग्रेस बर्दियाको जिल्ला कार्य समिति बिस्तार गरिएको छ ।
सभापति सञ्जयकुमार गौतमले बिधानको धारा १० उपधारा ४को ख बमाजिम शनिवार कार्य समिति विस्तार गरेका हुन ।
बिस्तारित कार्यसमितिको जिल्ला सदस्यमा महासमिति सदस्यहरु सोदे बिष्ट,विजयदतm देवकोटा,मुलचन्द यादव,पुर्व जिल्ला सचिव भोजराज जोशी,पुर्व जिल्ला सदस्य भागीराम थारु मनोनित भएका छन् । यो विस्तार संगै नेपाली कांग्रेस बर्दियामा पदाधिकारी र सदस्य गरि ३४ सदस्यीय कार्य समिति बनेको छ ।
विस्तारित कार्य समितिमा पुर्व जिल्ला सभापति अरुणप्रकाश सिंह राठौर,पुर्व सांसद मंगलप्रसाद थारु,राजापुर गाविसका पुर्व अध्यक्ष एंव पुर्व महाधिवेशन प्रतिनिधि बिनोदध्वज चन्दलाई सल्लाहकारहरुमा मनोनित गरिएको छ ।
यस्तै हरिहर गौतम,छविलाल सापकोटा,गोपी पराजुली,गोविन्द थारु ,ओमजंग शाह,मोहनलाल थारु, शम्भु रिजाल,सबिन थापा, सुरेन्द्र बोहरालाई आमन्त्रित सदस्यमा मनोनित गरिएको नेपाली कांग्रेस बर्दियाका उपसभापति मिश्रीलाल यादवले जानकारी दिए ।
Comments
Post a Comment