सार्वजनिक शौचालयको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न


पी सी एन्
बर्दिया,२४फागुन । यु.एन.ह्याविटाटको सहयोग आई.डि.एस. नेपाल र मायुस बर्दियाको सहजीकरण तथा जिल्ला खानेपानी सरसफाइतथा स्वच्छता समन्वय समितिको आयोजनामा सदरमुकाम गुलरियामा सार्वजनिक शौचालयको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी एक दिने जिल्ला स्तरीय तालिम सम्पन्न भएको छ ।
सार्वजनिक शौचालयहरुको सञ्चालन र व्यवस्थापनको अबस्थाका बारेमा समिक्षा गर्दै समयसापेक्ष रुपमा सार्वजनिक शौचालयहरुको सरसफाइ,प्रयोगकर्ता मैत्रीपक्ष र दीगो व्यवस्थापनमा लाग्न प्रेरित गर्ने उद्देश्यका संचालित तालिमको जिल्ला समन्वय समितिका बरिष्ठ अधिकृत पार्वती पंडितले उद्घाटन गर्दे पूर्ण सरसफाइ लक्ष्य हासिल गर्न सबै लाग्नु पर्ने बताईन ।
कार्यक्रममा खानेपानीतथा सरसफाइ सव डिभिजन कार्यालयका प्रमुख दिलीपकुमारले जिल्लाका सबै सार्वजनिक शौचालयहरुको समूचित प्रयोग र व्यवस्थापनमा लाग्न सबैमा आग्रह गरे ।
यु.एन ह्याविटाटका जिल्ला संयोजक बिष्णु कुमारी दवाडीले सन २०२० सम्ममा बर्दिया जिल्लालाई पूर्णसरसफाइ उन्मुख घोषणा गर्नका लागि घरायसी, संस्थागततथा सार्वजनिकशौचालयहरु प्रयोगकर्तामैत्री, सफा र दिगो सञ्चालनतथाव्यवस्थापनगर्ने परिपाटीको विकास हुनु आवश्यक रहेको बताईन ।
तालिमका मुख्य प्रशिक्षक श्रीरेन्द्र प्रकाश पोखरेलले नेपालमा सार्वजनिकशौचालयहरुको प्रयोगको अबस्था, राम्रापक्षहरु, कमजोरी पक्षहरु, बर्दिया जिल्लामा सार्वजनिक शौचालयहरुको समूचितप्रयोग हुन नसक्नुका कारणहरु, पिसाबलाई मलको रुपमा प्रयोग गर्न सकिने इकोसान पद्दतिको बारेमा सहजीकरण गरेका थिए । यस्तै यु.एन ह्याविटाटका जिल्ला संयोजक बिष्णु कुमारी दवाडीले पूर्ण सरसफाइ मार्गदर्शनका  र आइ.डि.एस नेपालकाजिल्ला संयोजकतारा बहादुर खातीले सरसफाइ नमुना समुदायको बारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा खानेपानी तथा सरसफाई सब डिभीजन कार्यालयकी कमला पण्डित , सहभागीहरु दुर्गा बहादुर बि.क. अविरल पार्वती भट्टराइ लगायतले मन्तब्य राखेका थिए । तालिममा ३१ जनाको उपस्थिती रहेको थियो । 

Comments