जिल्ला वन कार्यालय बर्दियाको विरुवा खरिद सम्बन्धी सूचना


प्रथम पटक सुचना प्रकाशित मिति : २०७४।११।३०

यस कार्यालयको आर्थिक वर्ष २०७४/७५ को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम देहाय अनुसार वन प्रजातीको विरुवा खरिद गर्नुपर्ने भएकोले सम्वन्धित निकायमा दर्ता भएका ईच्छुक निजि नर्सरी संचालकहरुवाट प्रथम पटक सुचना प्रकाशित भएको मिति २०७४साल फागुन ३०गतेदेखि २१दिन अर्थात २०७४ चैत्र २०गतेभित्र आफुले उपलब्ध गराउन सक्ने प्रतिइकाई गोटाको दररेट खुलाई छुट्टाछुट्टै सिलवन्दी दरभाउपत्र दाखिला गर्न यो सूचना प्रकासित गरिएको छ । पूर्ण व्यहोराको सूचना यस कार्यालयको सूचनापाटीमा टाँस गरिएको व्यहोरा अनुरोध छ । विस्तृत जानकारीको लागि कार्यालय समय भित्र यस कार्यालयमा सम्पर्क गर्न सक्नुहुने छ ।


१. वृक्ष सुधार, वृक्षारोपण तथा निजिवन कार्यक्रम २,००,००० (दुई लाखगोटा) निजि हकभोगको जग्गामा वृक्षारोपणको लागि वितरण गर्न
२. राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति ८८,००० (अठासीहजार मात्र) मझेरा टापुमा वृक्षारोपण गर्नको लागि
३. राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम १५,०००(पन्ध्र हजार मात्र) खाता संरक्षितवनको कार्यक्षेत्रको लागि

शिव सापकोटा
जिल्ला वन अधिकृत

Comments