बर्दियाका सबै स्थानीय तहमा प्रेस सल्लाहकार नियुक्त गर्नुपर्छ : महासंघ अध्यक्ष धिताल


पी सी एन
बर्दिया २९ चैत्र । नेपाल पत्रकार महासंघ बर्दियाले बर्दियाका सबै स्थानीय तह र जिल्ला समन्वय समितिमा तत्कालै प्रेस सल्लाहकार नियुक्त गर्नुपर्ने मांग अघि गरेको छ ।
आठवटै स्थानीय तहका प्रमुख उपप्रमुखहरु सम्मिलति जिल्ला समन्वय समितिको बर्दियाको प्रथम जिल्ला सभालाई सम्बोधन गर्दे नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धितालले सो मांग अघि सारेका हुन ।
स्थानीय सरकारका रुपमा रहेका गाउपालिका र नगरपालिकाले गरेका कामकारवाही जनता माझ छिटोछरितो पुरयाउन कृयाशील एंव सकृय पत्रकार मध्येबाट प्रेस सल्लाहकार नियुक्ती गर्नुपर्छ यसले गर्दा  प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता र लोकतन्त्रको सम्मान पनि हुन्छ  अध्यक्ष धितालले भने । 
जिल्लामा संचारसंग सरोकार राख्ने कार्यक्रम र सुचनाहरु स्थानीय तहबाट आफुखुशी आफुलाई मनपरेको ब्यक्ति रिझाउने दिने परिपाटीको विरोध गर्दे महासंघ अध्यक्ष धितालले संचारमाध्यम र संचारकर्मीहरुलाई प्रदान गर्ने बिज्ञापन,सुचना तथा कार्यक्रमहरु समानुपातिक रुपमा जिल्लाका सबै संचार माध्यम र संचारकर्मीहरुलाई उपलब्ध गराउन समेत जिल्लास्थित स्थानीय तह,सरकारी तथा गैर सरकारी निकायहरुलाई अनुरोध गरेका छन्  । उनले महासंघको अनुरोध नमान्ने निकाय तथा ब्यक्तिलाई महासंघले कुनैपनि किसिमले सहयोग नगर्ने चेतावनी समेत दिएका छन् ।
गाउगाउमा सिंहदरबार भन्ने संघीयता र संविधानको मर्म अनुसार स्थानीय तहबाट जनतालाई छिटोछरितो र सहुलियतपुर्ण सेवा प्रवाह हुनुपर्ने बताउदै अध्यक्ष धितालले ढिलो गरि भइरहेको बाटोघाटो निर्माण प्रति जनताको  चरम असन्तुष्टि रहेको बताए ।
उनले बर्दियालाई पांच नम्बर प्रदेशबाट अलग गरि ६ नम्बरमा गाभेमा र गुलरिया मुर्तीहा नाका संचालन गर्न सकेमा बर्दियाको छिट्टै समृद्धि हुने प्रष्ट पारे ।
बर्दिया नागरिक समाज सञ्जालका संयोजक बालकृष्ण वलीले सडक निर्माण कार्यलाई मात्र नभई शिक्षा,रोजगारी,आयआर्जन तथा स्वास्थ्य सेवाको विकास तथा विस्तारलाई स्थानीय तहलाई प्राथमिकता नदिएकोमा आपतिm जनाए । 

Comments