रेडियो सद्भाव ९१.२ मेघाहर्जले सोमवार बृहत रक्तदान कार्यक्रम गर्दे


पी सी एन
बाके २ वैशाख । बर्षौ अनुभव संगालेका यसक्षेत्रका उत्कृष्ट रेडियोकर्मी रहेको रेडियो सद्भावले बेलाबखत हुने रगत अभावलाई थोरै भएपनि पूर्ति गर्नका लागि रेडियो सद्भाव सबैको रेडियो ९१.२ मेघाहर्जले आफ्नो बार्षिक उत्सवका अवसरमा सोमवार बृह्त रक्तदान कार्यक्रमको आयोजना गरेको छ। 
क्षेत्रीय रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सोमवार विहान साढे १० बजे रेडियो प्राङ्गनमा बृह्त रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । बेलाबखत हुने रगत अभावलाई थोरै भएपनि पूर्ति गर्नका लागि सहज होस् भनेर रेडियोले रक्तदान कार्यक्रम आयोजना गरेको स्टेशन प्रमुख नवीन गिरीले जानकारी दिनुभयो । 
रेडियो सद्भावले मानविय सहयोग र सामाजिक उत्तरदायित्वलाई समेत मुख्य एजेण्डा बनाएर आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको छ । सामाजिक उतरदायित्व अन्तर्गत् रेडियो सदभावले यसअघि बाढीका कारण प्रभावित क्षेत्रमा निःशूल्क स्वास्थ्य शिविर कार्यक्रम गरेको थियो । 
गत साउनमा आएको बाढी र डुवानका कारण सबैभन्दा बढी प्रभावित राप्तीसोनारी गाउँपालिकाका तीन ठाउँमा गरिएको निःशूल्क स्वास्थ्य शिविरमा २ हजार २ सय बढीले सेवा लिएका थिए । 
रेडियोले आफ्नो पहिलो बार्षिक उत्सव यही बैशाख ६ गते मनाउँदै छ । 

Comments