प्रेसक्लब
बर्दिया ८ वैशाख । धार्मिक संघसंस्थाले जिल्लामा पहिलोपटक रक्तदान कार्यक्रम आयोजना गरेको छ । गायत्री शक्तिपीठ केन्द्रले शनिवार गुलरिया भन्साररोड स्थित आफनै कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
जिल्लामा रगतको अभाव हुन नदिन र सामाजिक परोपकार तथा एक अर्कामा सहयोगको भावना अभिबृद्धि गर्न सो कार्यक्रम आयोजना गरिएको गायत्री शक्तिपीठ केन्द्रका उपाध्यक्ष श्रीनिवास बर्माले बताए । रक्तसंचार केन्द्र गुलरियाको प्राविधिक सहयोगमा संचालन गरिएको सो कार्यक्रममा ३३जनाले रक्तदान गरेको र ३३ पीण्ट रगत संकंलन भएको उपाध्यक्ष बर्माले बताए ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई र गुलरिया नगरपालिकाको प्रमुख मुक्तीनाथ यादवले मानवमात्रको कल्याण र परोपकारका लागि गायत्री शक्तिपीठले रगत संकलन कार्य गरेर अत्यन्त पुण्य काम गरेको भन्दै सो कार्यको प्रशंसा गरेका छन् । कार्यक्रममा संयोजक राधेश्याम गुप्ता र सचिव छत्रराज जोशीले रक्तदाताहरुलाई जुस खुवाएर र प्रंशसा पत्र दिएर धन्यवाद प्रदान गरेका थिए ।
Comments
Post a Comment