प्रेसक्लब
बर्दिया ९वैशाख । नेपाल पत्रकार महासंघको आगामी वैशाख २२गते हुने प्रदेशस्तरीय निर्वाचनमा नेपाल प्रेस युनियनले शुक्रऋृषि चौलागाइको नेतृत्वमा पांच जनालाई पठाउने निर्णय गरेको छ । युनियनको सो निर्णय संगै उनीहरुले शुक्रवार नै आफनो उम्मदवारी पनि दर्ता गराएका छन् ।
दुइदिन लगाएर शुक्रवार बुटवलमा सम्पन्न भेलाले नेपाल पत्रकार महासंघ बाके शाखाका सचिव र अध्यक्ष पद चलाएर अनुभव संगालेका कुशल संगठनकर्ता एंव पत्रकारको हकहितको लागि प्रदेश कार्य समितिमा प्रभावकारी कार्य गर्न सक्ने चौलागाईको नेतृत्वमा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५को कार्यसमितिको निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको उम्मेदवार छनौट समितिका संयोजक एंव युनियनका ५ नम्बर प्रदेश संयोजक देवेन्द्र बर्माले बताए।
युनियिनले बर्दिया घर भई बांकेमा पत्रकारिता गर्दै आएका चौलागाईलाई सचिवमा,रुपेन्देहीका विक्रम खडका र अर्घाखाचीका प्रेमनारायण आचार्यलाई खुला सदस्यमा, दांगका लक्ष्मीमान चौधरीलाई जनजाति सदस्यमा र रुपेन्देहीका रामविकास चौधरीलाई मधेशी खुला सदस्यमा उम्मेदवार बनाएको छ । केन्द्रमा प्रेस युनियन ,प्रेस चौतारी र प्रेस सेण्टरसंग भएको सहमति अनुसार ५ नम्बर प्रदेशमा एक सचिव,दुई खुला सदस्य ,एक मधेशी सदस्य र एक जनजाति सदस्य युनियनको कोटामा परेको थियो ।
युनियनले उम्मेदवार बनाउने निर्णय गरे लगतै उनीहरुले शुक्रवार नै नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुपेन्देहीमा कार्यालय रहेको प्रदेश नम्बर ५को निर्वाचन समितिको कार्यालयमा गई उम्मेदवारी दर्ता गराएका थिए।
उम्मेदवारी दर्ता गरे लगतै सचिव पदका उम्मेदवार चौलागाईले युनियनका आम पत्रकारहरुको विश्वासलाई उचो राख्ने प्रतिवद्धतासहित पत्रकार, पत्रकारिताको समग्र विकास एवं पत्रकार महासंघको गरिमालाई उचो बनाउने कार्यमा सदैव क्रियाशिल रहने प्रतिकृया दिदै सहमती र सहकार्यलाई अनुसरण गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
उनले सचिवको जिम्मेवारी प्रदान गर्ने प्रक्रियामा अगाडि बढाएकोमा चौलागाईले नेपाल प्रेस यूनियनका अग्रजहरु, शाखा अध्यक्षहरु, आंकाक्षीहरु आत्मीय मित्रहरु सबैलाई हार्दिक धन्यवाद एंव आभार व्यक्त गरेका छन् ।
बुटवलमा सम्पन्न युनियन भेलाले प्रेस युनियनका केन्द्रिय उपमहासचिव प्रेम के सी र नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पुरुषोतम सुबेदीको विशेष उपस्थितिमा युनियनका प्रदेश ५ संयोजक देबेन्द्र बर्माको संयोजकत्वमा के पी घिमिरे,माधव अर्याल र हरिश ढकाल सदस्य रहेको उम्मेदवार छनौट समिति गठन गरेको थियो ।
Comments
Post a Comment