बर्दिया बारमा कंग्रेसी प्यानल बिजयी


प्रेसक्लब
बर्दिया ११वैशाख । बर्दिया जिल्ला अदालत बार एशोसियसनको निर्वाचनमा नेपाली कांग्रेस निकट अधिवक्ताहरुको समुहले पुरै प्यानल सहित जित हासिल पारेको छ । 
जिल्ला अदालत परिसरमा मंगलवार भएको निर्वाचनमा वामगठबन्धन निकट अधिवक्ताहरुको समुहलाई  पराजित गर्दे नेपाली कांग्रेस निकट अधिवक्तहरुको समुहले जित हासिल पारेको हो । 
घोषित परिणाम अनुसार अध्यक्षमा देविदतm देवकोटा,उपाध्यक्षमा खडानन्द तिवारी,सचिवमा लक्ष्मी नेपाल,कोषाध्यक्षमा इतवारी चौधरी निर्वाचित भएका छन् । 
यस्तै जिल्ला सदस्यहरुमा विश्वनाथ श्रेष्ठ,गोपालप्रसाद रेग्मी,इश्वरीप्रसाद रेग्मी,कमलप्रसाद गुप्ता,धर्मराज घर्ती,टंकनाथ दाहाल,बृजमोहन चौधरी निर्वाचित भएका छन् । 
राधेश्याम थारु,संजीवकुमार कर्ण,होमप्रसाद न्यौपाने,काशीराम चौधरी बारको पार्षदमा निर्वाचित भएको निर्वाचन अधिकृत श्यामबहादुर थापाले बताए । 

Comments