गुलरियामा २ करोड बढिको लगानीमा लोटस गार्डेन रिर्सोट सञ्चालनमा आयो

प्रेसक्लब
बर्दिया १५ वैशाख । बर्दियाको गुलरियामा २ करोड बढीको लगानीमा शुक्रबारबाट लोटस गार्डेन रिर्सोट सञ्चालनमा आएको छ । गुलरिया बजारको मध्यभाग गुलरिया नगरपालिका–६ हुलाक रोडमा अवस्थित रिर्सोट दुई बर्ष लगाएर निर्माण सम्पन्न गरि  सञ्चालनमा ल्याईएको हो । 
गुलरियामा होटल तथा रिर्सोटको राम्रो संभावना देखेर आन्तरिक बाह्य तथा भारतीय सीमावर्ती बजारका पर्यटकलाई लक्षित गरि नेपाली कांग्रेसका जिल्ला सदस्य र ६ नम्बर वडाका वडा सदस्य समेत रहेका युवा उद्यमी सुधांशुप्रकाश शर्मा(लालु)ले निजी लगानीमा सो रिर्सोट सञ्चालनमा ल्याएका हुन। 
पाहुनाहरुलाई घरायसी वातावरणमा आर्गेनिक र हाईजनिक परिकार उपलब्ध उदेश्ययले आफुले रिर्सोट सञ्चालन गरेको शर्माले बताए । रिसोर्टमा ग्राहकलाई लक्षित गरेर हाँस, माछा, लोकल कुखुरा र खसी लगायतको स्थानीय उत्पादनको परिकार उपलब्ध हुनेछन् । 
५०० भन्दा बढि अटाउन सक्ने पार्टी प्यालेस, १०० भन्दा बढि अटाउने ३ वटा ठुला एसि मिटिङ हल र पारिवारिक माहोलको सुविधा रहेको रिर्सोट जिल्लामा पहिलो हो । ८ कट्ठामा जग्गामा संचालित यस रिसोर्टमा हाल २० जनाले रोजगारी पनि पाएका छन् । 
गुलरिया आसपासका क्षेत्रमा रहेका कृष्णसार,बढैयाताल,कोठियाघाट,बर्दिया राष्ट्रिय निकुञ्ज,थारु मधेशी र जनजातीका पुराना गाउबस्ती लगायतका पर्यटकीय स्थलहरु हेर्न आउने पाहुनालाई बास बस्नका लागि लक्षित गरि २ करोडको लगानीमा एसी रुम सहितका थप आवासीय भवन बनाउने रिर्सोट सञ्चालक शर्माको लक्ष्य छ ।
रिर्सोट निर्माणबाट स्थानीयलाई रोजगारी लगायत नयाँ गन्तव्यसमेत थपिएको र यस क्षेत्रको विकासमा समेत थप टेवा पुगेको उद्योग बाणिज्य संघ गुलरियाका अध्यक्ष बीरबहादुर चौधरीले बताए । 

Comments