Skip to main content
स्थानीय तहले पोषणलाई प्राथमिकता दिनुपर्ने
प्रेसक्लब बर्दिया १५ वैशाख । स्थानीय तह मार्फत संचालन हुन लागेको दोस्रो बहुक्षेत्रिय पोषण योजनाको सफल कार्यान्वर्यनमा जिल्लास्थित सरोकारवालाहरुले नियमित अनुमन र निगरानीमा जोड दिईएको छ । जिल्ला समन्वय समितिको आयोजनामा गुलरियामा सम्पन्न संचारकर्मीहरुसंगको अन्तरकृया कार्यक्रमका सहभागीहरुले बहुक्षेत्रिय पोषण योजनाको सफल कार्यान्वयनका लागि जिल्ला समन्वय समितिको समन्वय र सहजीकरणमा संचारकर्मी लगायत सरोकारवालहरुको नियमति रुपमा अनुगमन हुनुपर्नेमा जोड दिइएको हो । जिल्ला समन्वय अधिकारी विश्वामित्र कुइकेलले भएका खानेकुरालाई मिलाएर खान नजान्दा तथा व्यवहारमा परिवर्तन नआएको भन्दै राष्टिय योजना आयोगले सन् २०१८देखि २०२०सम्मका लागि पहिलो चरणको पोषण योजना कार्यक्रम २०१७ मा सकिए लगत दोस्रो चरणको कार्यक्रम गत मंसिरदेखि स्थानीय तहबाट सञ्चालनको व्यवस्था मिलाएकोले कार्यक्रमको सफलताका लागि जिल्ला र प्रदेशस्तरबाट नियमति अनुगमन हुनुपर्ने बताए । महिला, बालबालिका र किशोरीहरुको पोषणमा केन्द्रित दोस्रो बहुक्षेत्रीय पोषण योजना शुरु गरेको बताउदै उनले स्थानीय तहले विकास निर्माणलाई झै पोषणलाई पनि प्राथमिकतामा राखि काम गर्न जरुरी रहेको जिकीर गरे। नियमित अनुगमन नभए कार्यक्रम पनि सफल नहुने र जिल्लामा कुपोषण दर पनि घटाउन ग्राहो हुने उनको भनाई छ । कार्यक्रम प्रभावकारी नभए महिला तथा बालबालिकाहरुमा कुपोषणले दरमा कमि नआई परिवार तथा समाजको स्वास्थ्य कृषि,पशुपालन,महिला तथा बालबालिका ,खानेपानी ,सरसफाई शिक्षा ,स्थानीय शासन सबैमा त्यसले असर पुरयाउने प्रष्ट देखिन्छ ः जिल्ला समन्वय अधिकारी कुइकेलले भने । आर्थिक बर्ष ०७३ /७४ सम्म राष्ट्रिय योजना आयोग र तत्कालिन जिल्ला विकास समिती मार्फत संचालन हुदै आएको बहुक्षेत्रीय पोषण योजना चालु आर्थिक बर्षको मंसिरदेखि स्थानीय तहमा हस्तान्तरण भएको हो। कार्यक्रमको सफल कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट बर्दियाका आठवटा स्थानीय तहमा तहमा १करोड २४लाख २०हजार निकासा भएकोमा र केही स्थानीय तहले थप ८लाख रकम आफैपनि बिनीयोजन गरेका छन् । दुवै गरि जम्मा १करोड ३२लाख २०हजार रकम पोषणका लागि हातेमालो कार्यक्रममा लगानी हुने अधिकारीहरु बताउछन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्न गुलरिया नगरपालिकाका लागि १६लाख ७३हजार,मधुवनका लागि १५लाख,राजापुरका लागि १६लाख ६३हजार,ठाकुरबाबाका लागि १४लाख ५६हजार,बांसगढीका लागि १६लाख ७३हजार,बारबर्दियाका लागि पनि १६लाख ६३हजार,बढैयाताल गाउपालिकाका लागि १४लाख ८३हजार र गेरुवाका लागि १२लाख ९९हजार रकम सर्शत अनुदानको रुपमा निकासा गरेको छ । सो बजेटबाट स्थानीय तहले हजारदिनका आमा र किशोरीहरुलाई पोषण सम्बन्धि अभिमुखीकरण तालिम, बगुरपालन,कुखुरापालन र करेसाबारी तालिम संचालन गरि बंगुर,कुखुरा र तरकारीका बीउबीजन बितरण,सडकनाटक,,विद्यालयहरुमा हातधुने स्थानको व्यवस्थापन लगायतका कृयाकलाप सञ्चालन गर्नुपर्ने हुन्छ ।
बहुक्षेत्रिय पोषण योजनाका सल्लाहकार सीताराम रिमालले ०७५/७६ देखि ७९/८० सम्मका लागि नेपालमा दोस्रो बहुक्षेत्रिय पोषण योजना २०७४ मंसीरदेखि शुरु भएको जानकारी दिदै विगतमा जिल्ला विकास समिति मार्फत संचालन गरिएको योजना स्थानीय सरकार गठन भए पश्चात स्थानीय तहमा हस्तान्तरण भएकाले कार्यक्रमलाई सफल बनाउन स्थानीय सरकारले प्रभावकारी योजना बनाई कार्यान्वयन गर्नुपर्ने बताए । पोषण स्वास्थ्यसंग मात्र नभइ शिक्षा,कृषि,,सरसफाइ ,महिला बालबालिका लगायत बहुक्षेत्रसंग सरोकार राख्ने बिषय भएकाले यसको सफल कार्यान्वर्यनका लागि अनुगमन हुनुपर्ने उनको भनाई छ । नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धितालले स्थानीय सरकारको रुपमा काम गरिरहेका स्थानीय तहहरुले नियमित विकासका योजनाहरुमा पोषणलाई मुल प्रवाहीकरण गरि अन्य विकासका कार्यहरु जस्तै पोषणलाई प्राथमिकतामा राखि काम गर्नुपर्ने बताए । कुपोषणका कारण कुल ग्राहस्थ उत्थ्पादनमा ११प्रतिशत क्षति पुगेको बताउदै सामाजिक विकास,सचेतना ,मानव पुजि विकास गर्ने खालका कृयाकलाप स्थानीय तहको प्राथमिकतामा पर्नुपर्ने देखिन्छ ।
Comments
Post a Comment