Skip to main content
मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने काम फेरि शुरु भो
प्रेसक्लब
बर्दिया १७ वैशाख । जिल्ला निर्वाचन कार्यालय बर्दियाले मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य शुरु गरेको छ । निर्वाचन आयोगको निर्देशानुसार वैशाख १गतेबाट नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः संचालनमा ल्याईएको जिल्ला निर्वाचन अधिकारी पवनकुमार शाहीले बताए ।
स्थानीय तह निर्वाचन २०७४ एवं प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन २०७४ पश्चात स्थगित गरिएको नामावली संकलन कार्य फेरि शुरु गरिएकोले गुलरिया हुलाक चौक नजिकै बंगलमुखी मन्दिर जाने बाटोमा रहेको जिल्ला निर्वाचन कार्यालयमा सोमवार देखि बिहीबारसम्म बिहान १०बजेदेखि ५बजेसम्म र शुक्रवार १०देखि ३बजेसम्म सम्पर्क राख्न कार्यालयले सबैमा अनुरोध गरेको छ ।
नयाँ नागरिकता प्राप्त गरि १८बर्ष उमेर पुगेका मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेकाहरु र मतदाता नामावलीमा ठेगाना सार्ने, नाम सच्याउने, हटाउने अर्थात अद्यावधिक गर्नेहरु सबैलाई कार्यालयले यथाशीघ्र सम्पर्क गरी आफ्नो मत सुरक्षित गर्न अनुरोध गरेको छ ।
यस अघि मंसीरमा भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि २०७४ साल भाद्र ५ गते सम्म १८ वर्ष उमेर पुगेका महिला १लाख ३८हजार ४३ ,पुरुष १लाख ३४हजार ४सय २८ र अन्य ६ गरि जम्मा २ लाख ७२ हजार ४ सय ७७ जनाले जिल्ला निर्वाचन कार्यालय बर्दियामा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । यो संख्या स्थानीय तह भन्दा १९ हजार २ सय ८९ले बढि थियो ।
६ नगरपालिका र २ गाउँपालिका गरी ८ वटा स्थानिय तह रहेको बर्दियामा प्रतिनिधि सभा निर्वाचनका लागि २ र प्रदेश सभा निर्वाचनका लागि ४ निर्वाचन क्षेत्र कायम रहेको बर्दियामा असारमा सम्पन्न असारमा सम्पन्न स्थानीय तहको निर्वाचन भन्दा महिला ९हजार ८सय २५,पुरुष ९हजार ४सय ६६ र अन्य १जना बढि मतदाताले आफनो नाम मतदाता नामावलीमा सामेल गराएका थिए । असारमा भएको स्थानीय तह निर्वाचनमा १ लाख २८ हजार २ सय १८ महिला, १ लाख २४ हजार ९ सय ६५ पुरुष र ५ अन्य गरी २ लाख ५३ हजार १ सय ८८ जनाको मतदाता नामावलीमा नाम संकलन भएको थियो ।
प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १मा ६९५६९महिला,६९७८९पुरुष र अन्य ४ गरि १लाख ३९हजार ३सय ६२ र निर्वाचन क्षेत्र नम्बर २मा ६८४७४महिला,६४६३९पुरुष र २ अन्य गरि १लाख ३३हजार १सय १५ जनाको नाम मतदाता नामावलीमा थियो ।
प्रदेश तर्फ प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ क का लागि ३५८८१महिला,३४३०८पुरुष र ३ अन्य गरि जम्मा ७०हजार १सय ९३ र सोही प्रदेशको खका लागि ३३६१८महिला ,३५४८० पुरुष र १अन्य गरि जम्मा ६९हजार १सय ६९ जनाको तथा प्रदेश तर्फको क्षेत्र नं २ क मा महिला ३६९४९,पुरुष ३४ हजार ५ र अन्य १गरि जम्मा ७०हजार ९सय ५५ र ख मा महिला ३१५२५,पुरुष ३०६३४ र अन्य १गरि जम्मा ६२हजार १सय ६०को नाम मतदाता नामावलीमा सामेल रहेको कम्प्युटर अपरेटर मदन बस्नेतले बताए ।
Comments
Post a Comment