Skip to main content
मानझुण्डी सामुदायिक वनका पदाधिकारीहरु अनुसन्धानको दायरामा
पी सी एन
बर्दिया, २०चैत्र । स्थानीय समुदायको सकृय सहभागितामा संरक्षण,व्यवस्थापन र उपयोग भइरहेको बांकेबर्दिया सीमानास्थित मानझुण्डी सामुदायिक वन उपभोक्ता समुहमा समुहका पदाधिकारीहरुले आदेश भन्दा बढि काठ कटाएपछि जिल्ला वन कार्यालयले सोको अनुसन्धान गर्न टोली खटाएको छ ।
बढैयाताल गाउपालिका वडा नं ३ भोलागौडी ,पुष्पनगरमा पर्ने सो सामुदायिक वनमा ढलापडा र सुख्खा गरि १६२० क्युवीक फुट सिसौ जातका १०९ वटा रुख कटान गर्न समुहलाई आदेश दिइएकोमा केही रुख बढि काटिएको पाईएपछि इलाका वन कार्यालय बांसगढीका ईन्चार्ज सुरेन्द्र चौधरीलाई अनुसन्धान अधिकृत तोकि आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला वन कार्यालय बर्दियाका सहायक वन अधिकृत एंव सुचना अधिकारी द्रोणराज शर्माले बताए । मानझुण्डी सामुदायिक वनले ईजाजत लिएको भन्दा केही बढि सिसौका ढलापडा रुख संकलन गरको पाईएकोले काठबरामद गरि समुहलाई सोध्ने काम र आवश्यक अनुसन्धान भईरहेको उनको भनाई छ । शेरबहादुर रावल अध्यक्ष रहेको सो वनमा इजाजत भन्दा बढी रुख काटिएको पाईएपछि इलाका वन कार्यालय मैनापोखरका प्रमुख आनन्द शाह लगायतको टोलीले शुक्रवार नै स्थलगत निरीक्षण गरि केही ठुटा र गोलीया काठ बरामद गरिएको र बरामद गरिएको काठ ल्याउन तत्काल कुनै साधन नभेटिपछि मानझुण्डी सामुदायिक वन समुहका कार्यालय कार्यालय सचिवलाई सो काठहरु जिम्मा लगाईएको थियो।
यता मानझुण्डी सामुदायिक वनका उपभोक्ता चुडामणी पौडेल,रामबहादुर खवास र सुकदेव यादवले जिल्ला वन कार्यालयबाट सिसौका १०९वटा रुख काटन आदेश लिएका समुहले कटान आदेश भन्दा झण्डै ८५ क्युवीक फुट २०देखि २५ वटा बढि रुख काटि गोलियालाई समेत दाउरामा मिसाई बढि रुख लुकाएको बताउदै यस बारेमा चेकजांच गरि दोषि उपर कारवाही गर्न अख्तीयार दुरुपयोग अनुसन्धान आयोग कोहलपुर र जिल्ला वन कार्यालय बोद्यार्थ राखि सेक्टर वन कार्यालय मैनापोखरमा निवेदन दिएका छन् । मानझुण्डी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शेरबहादुर रावलले एक हजार ५८७ क्यूफुट काठ कटान गर्दा अपुग भएका कारण उपभोक्तालाई वितरणका लागि पछि आदेश लिने गरि समुह पदाधिकारीको निर्णयमा छपान नगरेका रुख पनि कटान गरिएको बताए ।
साविक सोरहवा ९मा र हाल बढैयाताल गाउपालिका वडा नं ३मा पर्ने मानझुण्डी सामुदायिक वन २०६५ साल कार्तिक ७ मा समुह दर्ता भई २०६६ साल असार १०गते सामुदायिक वनमा हस्तान्तरण भएको थियो । २५४हेक्टर क्षेत्रफलमा फैलिएको सो वनबाट १२०८ घरधुरीका ७९७१ जनसंख्या लाभान्वित हुदै आईरहेको जिल्ला वन कार्यालय बर्दियाका निमित जिल्ला वन अधिकृत श्यामबाबु लोपचनले बताए ।
जिल्ला वन कार्यालयको कार्य क्षेत्रमा पर्ने २१७००हेक्टर मध्ये प्रायः सम्पुर्ण वनक्षेत्रहरु स्थानीय समुदायको सकृय सहभागितामा ,संरक्षण ,व्यवस्थापन र उपयोग भइरहेका छन् । जिल्ला वनमा दर्ता भएका २९९ सामुदायिक वन उपभोक्ता समुह मध्ये आर्थिक बर्ष ०७३ /७४ सम्म २८७ वटा समुहलाई २०३०६ हेक्टर वन क्षेत्र सामुदायिक वनको रुपमा व्यवस्थापन गर्ने गरि जिल्ला वनले हस्तान्तरण गरि सकेको छ ।
Comments
Post a Comment