पी सी एन्
बर्दिया २२चैत्र । निकुञ्जसंग जोडिएको मध्यवर्ती क्षेत्रका बर्दियाका गाउँबस्तीहरुमा दिनदहाडै हात्ती पस्न थालेपछि स्थानीयमा त्रासको वातावरण छाएको छ । निकुञ्जले गरेको बिद्युतीय तारवार प्रभावहिन अर्थात काम नलाग्ने भएपछि हात्ती लगायतका जंगली जनावारहरु गाउ बस्तीमा बस्ने क्रम बढेको हो ।
बिद्युतीय तारवार बिग्रीएर प्रभावहिन बनेका बर्दिया राष्ट्रिय निकुञ्जको दक्षिण पश्चिम मध्यवर्ती क्षेत्रमा जंगली हात्तीको आतंक बढेपछि स्थानीयहरु त्रसित बनको हुन । निकुञ्जका लगायतका जनावरहरुले बालीनालीमा क्षति मात्र पुरयाएका छैनन् कि जनावरको आक्रमणबाट स्थानीयहरु घाईते समेत हुने गरेका छन् । दिउँसै गाउँ पस्न थालेपछि यहाँका बासिन्दा काममा जानसमेत डराउन थालेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बर्गदा, सैनवार, डुम्रेनी, सिहंवाहिनी, कर्मला, बलाती, आम्बासा ,शिवपुर, ठाकुरद्वारा, सूर्यपटुवा, कैलाशी, डल्ला, पत्थरबोझी, डाँडागाउँ, मनाउँ,सतखलवा लगायतका दर्जनभन्दा बढी बस्तीमा दिनहु जसो हात्ती आउन थालेको छ । दिनहँुजसो हात्ती गाउँ पस्छ, बालीनाली त परै जाओस् ज्यान जोगाउनै गाह्रो भइसक्यो । दिउँसै हात्ती गाउँ पस्न थाल्यो । वर्षौदेखि हात्तीकै त्रासमा छौ, ’ स्थानीय नवराज न्यौपानेले बताए । जंगली हात्तीले गाउँमा पसेर मानिसलाई आक्रमण गर्ने, बालीनाली र घरगोठ सखाप पार्न थालेपछि मध्यवर्ती क्षेत्रका बासिन्दाहरू हिजोआज रातभर जाग्राम बस्न थालेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले केही समय यता गाउबस्तीमा बढेको हात्ती आतंकबारे आफुहरु चिन्तित रहेको बताउदै विश्वको उत्कृष्ट उपकरण गरि बर्दिया निकुञ्जमा जडान गरिएका विद्युतीय तारबार अर्थात ईलेक्ट्रिक फेञ्च प्रयोग एंव उचित व्यवस्थापन गर्न नजान्दा छोटो समयमा नै अप्रभावकारी र काम नलाग्ने भएको प्रष्टाए । हात्ती आक्रमणबाट गाउबस्ती जोगाउन निकुञ्जले तत्काल रिस्पोन्स गरिरहेको उनको भनाई छ । कुनै ठाउमा हात्ती पसेको खबर आए तत्कालै निकुञ्ज सुरक्षार्थ खटिएको नोपली सेना र निकुञ्जका कर्मचारी फायरिङ वा अन्य बिधिबाट हात्ती धपाईएको छ ः प्रमुख संरक्षण अधिकृत शाहले भने । राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सल्लाहमा तराई भु–परिधी कार्यक्रम,डब्लु डब्लु एफ र नेपाल सरकारको सहयोगमा बर्दिया निकुञ्ज आसपासका १४२ किलोमिटर क्षेत्रमा हासलसम्म बिद्युतीय तारबार सम्पन्न गरिएको संरक्षण अधिकृत अशोक भण्डारीले बताए ।
निकुञ्जले वन्यजन्तुलाई गाउँ पस्नबाट रोक्नका लागि बिद्युतीय तारबार,खाल्डो र केही ठाउमा कंक्रीट पर्खाल निर्माण गरेपनी सो प्रभावकारी नभएकोले मध्यवर्ती क्षेत्र पूरैमा पक्की पर्खाल लगाउनु मधुवन १ कैलाशीका मिनबहादुर थापाले बताए ।
पछिल्लो समय जंगली जनावर गाउबस्ती पस्ने क्रम बढेपछि स्थानीय तहले पनि निकुञ्जसंगको सहकार्यमा आधुनिक अर्थात जालीसहितको विद्युतीय तारबार लगाउन थालेका छन् । मध्यवर्ती क्षेत्रमा पर्ने ठाकुरबाबा नगरपालिका–७ मोहनपुर गाउँमा १.१किलोमिटर जालीसहितको तारबार लगाएको छ ।
वर्ष दिनयता जंगली हात्तीकै आक्रमणमा परेर निकुञ्जसँग सीमा जोडिएको मध्यवर्ती क्षेत्रका ६ जनाले ज्यान गुमाइसकेका छन् ।यसअघि कर्मलामा पनि यही गाउँमा हात्ती पसेर एक जनाको ज्यान लिएको थियो । केही समयअघि गेरुवा गाउँपालिकाको मनाउँ गाउँमा एकाबिहानै पसेका तीनवटा हात्तीले आतंक मच्चाएका थिए । घर भत्काउँदै बेसुरले हिँडेका हात्तीको आक्रमणमा परी एक जनाको ज्यान गयो भने दुई जना घाइते भए । गत असोजमा विद्यालयमा पढाइ सकेर साइकलमा घर जाँदै गर्दा सूर्यपटुवा परबोझीका–१३ वर्षीय युवराज चौधरीलाई हात्तीले बीचबाटैमा आक्रमण ग¥यो । घाइते चौधरीको उपचारको क्रममा अस्पतालमा मृत्यु भयो । सोही दिन साँझपख त्यही हात्तीले ७४ वर्षीय वृद्ध पुरइ थारूलाई आक्रमण उनको पनि उपचारकै क्रममा मृत्यु भयो ।
Comments
Post a Comment