निःशुल्क ३ महिने ब्युटीसियन तालिम सुरु


प्रेस क्लब 

बर्दिया १६ वैशाख । जिल्लाका १६देखि ४०बर्षसम्मका युवतीहरुलाई गुलरियामा बुधबारदेखि निःशुल्क ३ महिने ब्युटीसियन तालिम सुरु भएको छ। सौन्दर्यतासम्बन्धी सीप प्रदान गरेर युवतीहरूलाई व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यले जिल्ला युवा समितिले सो तालिम सुरु गरेको हो ।तालिममा बर्दियाका सदरमुकामसहित विभिन्न स्थानका ११ युवती सहभागी छन् । तालिममा तालिम प्रदायक संस्था सपना ब्युटी केयर एण्ड ईन्स्टिच्युटका प्रशिक्षक रञ्जना पौडेललले सहभागीहरूलाई सौन्दर्यता सम्बन्धी सीप प्रदान गर्नेछिन।तालिमको उद्घाटन गर्दै जिल्ला युवा समिति बर्दियाका अध्यक्ष बिष्णु जोशीले सीपमुलक तालिममा दक्षता हासिल गरेमा स्वदेश तथा विदेशमा राम्रो काम पाएर वा आफैले ब्युटीपार्लर व्यवसायका संचालन गरेर महिलाहरु आत्मनिर्भर हुने प्रष्ट पारे । महिलाहरु आर्थिक रुपले आत्मनिर्भर भएमा घरपरिवार र समाजमा समेत महिलाहरुको इज्जत प्रतिष्ठा बढने भएकाले  पनि महिलाहरुले सीप तथा तालिम लिई व्यापार व्यवसाय वा रोजगारीका क्षेत्रमा आफुलाई उभ्याउन जरुरी रहेको अध्यक्ष जोशीको तर्क छ ।तालिम उद्घाटन कार्यक्रममा जिल्ला युवा समितिको कार्यालयका प्रमुख नीलकण्ठ रेग्मी,वरिष्ठ सामाजिक विकास अधिकृत पार्वती पण्डित,महिला विकास अधिकृत गीरा कुमारी बस्नेत,प्रेस क्लबका अध्यक्ष यम घिमिरेले पनि मन्तब्य राखेका थिए । उनीहरुले गाउशहर जतातजै मांग रहेको ब्युटीपार्लर सम्बन्धि तालिमको सीपलाई व्यवसायमा उतारेर आत्मनिर्भर बन्न सहभागीहरूलाई सुझाव दिएका थिए ।

Comments