प्रेसक्लब
बर्दिया ११वैशाख । बर्दियाको गुलरिया आजभोली मझौला तथा साना उद्योग स्थापनाको केन्द्र बनेको छ ।
यातायात ढुवानी, कच्चापर्दाथ र जनशक्तिको सहज उपलब्धता र भारतीय सीमा नजिक भएकाले पनि गुलरियामा निजी लगानीमा उद्योगहरु स्थापना हुने क्रम बढेको हो । जसको पछिल्लो उदाहरण बनेको छ गुलरिया ५मा भर्खरैमात्र संचालनमा आएको कृष्णसार फलफुल प्रशोधन केन्द्र र कृष्णसार पानी प्रशोधन तथा बेभरेज उद्योग ।
साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको सहयोगमा स्थानीय शारदा खडका समेतले झण्डै ४करोडको लगानीमा वैशाख ५गतेबाट सो उद्योग संचालनमा ल्याएका हुन । नवनिर्मित सो उद्योगको प्रदेश नम्बर ५का भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले उद्घाटन गरेका हुन । उद्योग स्थापनाले स्थानीय आवश्यकता र बेरोजगारी समस्या समाधान गरि आर्थिक उन्नतीमा टेवा पुरयाउने विश्वास लिदै मन्त्री चौधरीले गुणस्तरीय उत्पादनमा उद्योगले जोड दिनुपर्ने बताए ।
२०७१ सालदेखि निर्माण शुरु भएको उद्योग झण्डै ३बर्ष ३महिना लगाएर निर्माण कार्य पुरा भई संचालनमा आएको सो उद्योगले हाल सत्कार ब्राण्डको आंपको जुस र कोपिला ब्राण्डको पानी उत्पादन गरि बजारमा ल्याएको छ । केही समयपछि उद्योगले बेल, केरा, आँपलगायत पाँचवटा ब्रान्डका जुस उत्पादन गर्ने लक्ष्य लिएको उद्योग संचालक खडकाले बताईन।
स्थानीय किसानले उत्पादन गरेका आंप,फर्सी,कुभिण्डो,बेल,केरा,अम्बालाई कच्चा पदार्थका रुपमा प्रयोग गर्ने प्रतिबद्धता जनाएको उद्योगले १हजार भन्दा बढिलाई रोजगारी दिने उद्योगका प्रबन्ध निर्देशक अमर खडकाले बताए ।
किसानले उत्पादन गरेका वस्तुहरुलाई कच्चा पर्दाथका रुपमा बिक्री बितरण एंव खपत को व्यवस्था मिलाउने र उद्योगमा रोजगारी दिलाउने स्थानीय किसानको आयस्तर बृद्धि गराउने सोचका साथ साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाले ७२लाख जति लगानी गरेको उद्योग प्रदेशकै लागि नमुना बन्ने साना तथा मझौला कृषक आयस्तर प।रयोजनाका निर्देशक गोकर्ण अर्यालको विश्वास छ ।
प्रदेश सभा सदस्य तिलकराम शर्माले नेपाल सरकारको सहकार्यमा ब्यक्तिगत लगानीमा बर्दियाको गुलरियामो कृष्णसार जुस तथा कोपिला पानी उद्योग स्थापना हुनु अत्यन्तै खुशीको कुरा भएको बताउदै प उद्योगको विकास तथा विस्तारमा प्रदेश सरकारबाट आवश्यक सहयोग दिलाउन आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कच्चापर्दाथ,जनशक्ति तथा ढुवानी सस्तो पर्ने भारतीय सीमासंग जोडिएको गुलरियामा केही समय यता होटल,पानी,इट्टा,समिल तथा फर्नीचर,तेल तथा चामल उद्योग स्थापना हुने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यालय बर्दियाका प्रमुख महेन्द्रसिंह रावलले बताए ।
Comments
Post a Comment