भारतीय नम्बर प्लेटका सवारीसाधनमा बर्दिया ट्राफिक प्रहरीले विशेष कारवाही थाल्यो


पी सी एनबर्दिया २३चैत्र । एकदिने भन्सार सुविधा लिएर नियम बिपरीत महिनौंसम्म भारतीय नम्बर प्लेटका सवारीसाधन राख्ने र संचालन गर्ने  क्रम नरोकिएपछि जिल्ला ट्राफिक प्रहरी  कार्यालय बर्दियाले त्यस्ता सवारीसाधनलाई ठाउँको–ठाउँ कारवाही गर्न थालेको छ । सुरक्षा र राजस्व असुलीलाई मध्यनजर राख्दै सो कारवाही थालिएको हो । भारतबाट आउने सर्वसाधारणलाई नेपाली बजारसम्म दिनभर किनमेल, भेटघाट गर्न सुविधा स्वरूप दिनभर भन्सारसुविधाका पास लिएका यस्ता सवारीसाधन रातको १२बजेभित्र भारत फर्काईसक्नुपर्दछ तर तर यहाँ त्यसो नगरी महिनौंसम्म निर्बाध सञ्चालन गरिँदै आएको छ त्यसैले त्यस्ता सवारीसाधनलाई प्रहरीको मदतले खोजी गरि भन्सार पास तिर्न भन्सार कार्यालय पठाउने गरेका छौ ः ट्राफिक प्रहरी प्रमुख बाबुराम जि. सी.ले भने । उनी २०७३साल असोज५गतेदेखि बर्दियामा ट्राफिक प्रमुखका रुपमा कार्यरत छन् । भन्सार पास नलिएका सवारीसाधनबाट सुरक्षामा  र सवारी दुर्घटनामा पनि चुनौति थपिन सक्ने भएकाले त्यस्ता सवारीसाधन चेकजांचमा विशेष कारवाही थालिएको उनको भनाई छ ।  उनले कहिलेकाही मात्र भन्सार पास गराएर स्थानीयले निजी तथा भाडाको प्रयोजनमा चारपांग्रे सवारीसाधन प्रयोग गरि राजस्व छलीगर्ने क्रम बढेपछि प्रहरी,भन्सार कार्यालय,सरोकारवालाको समन्वयमा भन्सार पास नभएको सवारी साधनलाई तत्काल नियन्त्रणमा लिई जरिवाना तिराई भन्सार पास गराएर मात्र भारतीय नम्बर प्लेटका गाडि भन्सार पारि नै राख्न दिईएको उनले बताए । अहिलेसम्म ३दर्जनभन्दा बढि भारतीय नम्बरका सवारीसाधनलाई नियन्त्रणमा लिई नियमित भन्सार पास गराउन लगाईएको बुझिएको छ । कोहीले पनि भन्सार पास नलिएर नगरमा सवारी राखेको पाईएमा त्यस्ता सवारीसाधनलाई तत्काल नियन्त्रण लिने गरिएको ट्राफिक प्रमुख जि सीको भनाई छ । त्यस्ता सवारीसाधनमा निगरानी गरि कारवाही तीव्र पारिएपछि सुरक्षा,दुर्घटना तथा भन्सार राजस्व स्थितिमा सुधार भएको अधिकारीहरुको भनाई छ ।  भन्सारका नियमानुसार अनुसार भारतीय सवारीमा कारका लागि दैनिक ४ सय ५२ र मोटरसाइकलका लागि १ सय १३ रुपैयाँ राजस्व तिर्नुपछ राजस्व तिरेर पास लिएका सवारी वर्षमा ३० दिनसम्म मात्र नेपालभित्र रहन पाउने प्रावधान रहेको छ । बर्दियामा अहिले २सय भन्दा बढि चारपांग्रे र ४सयभन्दा बढि दुईपांग्रे भारतीय नम्बरका सवारी साधनहरु नियमित रुपमा संचालनमा रहेका छन् । गुलरिया तथा राजापुर भन्सार कार्यालय संग निरन्तर समन्वय र सहकार्य गरि जिल्ला ट्राफिकले अनटेस्ट मोटरसाईकल र अन्य सवारीसाधनको  चेक जांचलाई पनि कडा पारेको छ ।चेकजांज कडा पारेर मात्र नपुग्ने भएकाले ट्राफिक कार्यालयले नगरपालिका रगाउपालिकाहसंघ–संस्था,विद्यालयहरुसँग सहकार्य गरि सचेतीकरणका कार्यक्रमहरु संचालन गर्ने सोच बनाएको छ । 

ट्राफिक प्रमुख जि सी भन्छन ः “हामी मालिक होइनौं, आम जनताका सेवक हौं । त्यसैले सहज आवागमन, सवारी दुर्घटना न्युनिकरण लगायतका कार्यमा सधैव शुद्ध र प्रतिबद्ध भई लाग्छौं ”सीमित स्रोतसाधन र जनशक्तिका बाबजूद पनि  मुस्कान सहितको जनमैत्री, पारदर्शी सेवा आफुहरुले दिन पाएकोमा गौरव लागेको उनको भनाई छ । वषौं पुरानो एउटा गाडिकै भरमा जिल्लाभरी पुग्नु पर्ने अवस्था छ , त्यही गाडि पनि राम्रो कन्डिसनमा छैन  मादकपर्दाथ खाए नखाएको चेक जांच गर्ने २ वटा ब्रेथलाईजर मेसिन मध्ये एउटा  मात्र काम लाग्ने स्थितीमा छ ः समस्या दर्शाउदै उनले भने । २०५९ जेठ ६ गुलरियामा स्थापना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको नाममा गुलरियामा  ३ कठ्ठा जग्गा भएपनि भवन निर्माण हुन नसकेकोले भाडाकै घरमा कार्यालय छ । हाल सानोश्री, मैनापोखर, ढोढरी, भुरीगाउँ, बाँसगढी, पाताभार, राजापुर र चेपाङमा गरि ८ स्थानमा अस्थाई ट्राफिक प्रहरी पोष्ट खडा गरेर ट्राफिक प्रहरीले सेवा दिइरहेको छ । १५ जनाको दरवन्दी भएपनि ठुलो क्षेत्र भएको बर्दियामा काज समेत गरि अहिले २५ जना जनशक्ति कार्यरत छन् ।  ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्ष २०७४÷०७५ को साउन देखी चैत्र १५ गते सम्म नियम विपरित सञ्चालनमा आएका ५९३०सवारी साधनलाई गरेको कारवाहीबाट ३१ लाख ९५ हजार ५ सय रुपैया राजस्व समेत संकलन गरेको  छ । जोकोहीले ट्राफिक नियमको उल्लघंन गरे जरिवाना बापत ५ सय देखी १५ सय रुपैया सम्म जरिवाना लिन सकिने ब्यवस्था भएकाले राजस्वमा केही वृद्धि भएको टाफिक प्रमुख जि.सी.को भनाई छ । गत आर्थिक वर्ष २०७३÷०७४ मा ९८४०सवारी साधनहरुलाई कारवाही गरि जरिवाना स्वरुप ५६ लाख बराबरको राजस्व संकलन गरिएको ट्राफिक प्रहरी कृष्ण शर्माले बताए । 

Comments