पी सी एन
बर्दिया २९ चैत्र । पुर्वमन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य सञ्जयकुमार गौतमले कृषि तथा पर्यटनमा आधारित उद्योगहरुको ज्यादै संभावना बोकेको बर्दियाबाट कृषिक्रान्ति शुरु गरि समृद्धिको यात्रा शुरु गर्नुपर्ने बताएका छन् ।
जिल्ला समन्वय समितिको कार्यालयको प्रथम जिल्ला भेलालाई गुलरियामा उद्घाटन गर्दे प्रमुख अथिति गौतमले लोकतन्त्र स्थापनामा सहमति ,सहकार्य र एकताको लागि देशभरै प्रसिद्धी पाएको बर्दियाले समृद्ध नेपाल निर्माणको लागि बर्दियाबाट नै समृद्धिको यात्रा शुरु गर्नुपर्ने आवश्यकता रहेको जिकीर गरे।
बर्दियाका जनताले बर्दियाका स्थानीय तह,सांसद ,जिल्ला,प्रदेश तथा केन्द्र सरकार सबैबाट ठुलो आशा अपेक्षा राखेको बताउदै पुर्वमन्त्री गौतमले समृद्ध नेपालको निर्माणका लागि बर्दियाबाट कृषिक्रािन्त शुरु गर्नुपर्ने बताए ।
बर्दियाका राजनैतिक दलहरुले सहकार्यको लामो र राम्रो यात्रा पुरा गरेर इतिहास कायम गरेको स्मरण गर्दे समृद्धिको अभियान एक्लै संभव नरहेको बताउदै बबई सिचाई आयोजनालाई थप व्यवस्थित गरि बर्दियामा कृषिमा आधारित उद्योगध्नदको विकास तथा विस्तार गर्नुपर्ने कुरामा जोड दिए ।
पुर्वमन्त्री गौतमले मगरागाडि गुलरिया रजनावा बाटो , गुलरिया मुर्तीहा नाका बर्दियालाई समृद्धि तर्फ लैजाने अति आवश्यक काम भएकाले जिल्लाका आठै स्थानीय तह,प्रदेश तथा केन्द्र सरकार मिली सो काम पुुरा गराउनु पर्ने बताए ।
प्रदेश र स्थानीय सरकार बीच समन्वयकारी भुमिका निर्वाह गर्नमा जिल्ला समन्वय समितिले खेलेको भुमिकाको प्रशंसा गर्दे नेता पुर्वमन्त्री गौतमले जिल्ला समन्वय समितिलाई आफनो भुमिका बढाएर लैजान सुझाव दिए।
जिल्ला समन्वय समितिका प्रमुख शंकरप्रसाद थारुको अध्यक्षतामा सम्पन्न प्रथम जिल्ला सभा उद्घाटन समारोहलाई प्रतिनिधि सभा सदस्य तुलसा थापा,एमालेका जिल्ला अध्यक्ष हरि ज्ञवाली,माओवादी केन्द्रका नगर इन्चार्ज गेहेन्द्र ढकाल, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द्र धिताल,नागरिक समाज संजालका संयोजक बालकृष्ण वली लगायतले सम्बोधन गरेका थिए।
जिल्ला सभामा बर्दियाका आठवटै स्थानीय तहका प्रमुख ,उपप्रमुख, जिल्लास्थित सरकारी गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति थियो । जिल्ला सभाको बन्द सत्रले जिल्लाका सरोकारका विषयमा महत्वपुर्ण निर्णय गर्ने उपप्रमुख मानबहादुर बिष्टले बताए।
Comments
Post a Comment