३ महिने निःशुल्क पत्रकारिता, उद्घोषण तथा नेतृत्व विकास तालिम शुरु


पी सी एन
बर्दिया २५चैत्र । पत्रकारिता मार्फत सुशासन र जनसहभागिता प्रर्वद्धन गरि स्थानीय दिगो एंव गुणस्तरीय विकास गर्न सकिने मान्यताका साथ बर्दियाका युवा विद्यार्थीहरुलाई स्वयमसेवी रुपमा पहिलोपटक उद्घोषण ,पत्रकारिता,तथा नेतृत्व विकास तालिम शुरु गरिएको छ । 
स्थानीय विकास ,सुशासन र  प्रेस तथा अभिब्यतिm स्वतन्त्रताका लागि कृयाशील स्वयमसेवी संस्था प्रेस क्लब अफ नेपालले सामाजिक उतरदायित्व अन्र्तगत आफनै पहलमा निःशुल्क रुपमा तालिम शुरु गरेको हो । राज्यका अन्य अंग जतिकै महत्व र चर्चा पाएको सभ्य समाजको शिक्षक,पहरेदार समालोचक रुपमा रहेको पत्रकारिता मार्फत स्थानीय तहमा संचालन हुने विकास गतिविधिलाइ  युवा पत्रकार मार्फत जनसमक्ष ल्याई जनप्रतिनिधी,स्थानीय जनता र युवाहरुलाई स्थानीय तहको विकासमा अझ बढि जिम्मेवार र उतरदायित्वपुर्ण बनाउन सो तालिम शुरु गरिएको आयोजकले जनाएको छ।
प्रेस क्लबका केन्द्रिय अध्यक्ष यमनाथ घिमिरे,नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धिताल, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष कृष्णप्रसाद बस्याल, कान्तिपुर दैनिकका उपसम्पादक कमल पन्थी,नागरिक दैनिकका संवाददाता निर्मल घिमिरेले ब्यानर संयुक्त रुपमा पढेर गुलरियामा तालिमको शुभारम्भ गरेका हुन  । 
पत्रकारिताद्वारा समाजको सार्वजनिक पहरेदारी गरि स्थानीय जनप्रतिनिधिहरुलाई  प्रभावकारी र गुणस्तरीय विकास निर्माण गर्न गराउन उत्प्रेरणा प्रदान गर्न र युवाहरुमा पनि नेतृत्व क्षमताको विकास गर्न दिन शुरु गरिएको प्रेस क्लब अफ नेपाल (पी सी एन)का केन्द्रिय अध्यक्ष यमनाथ घिमिरेले बताए । पत्रकारिता मार्फत स्थानीय सरकार लगायत सरोकारवाला निकाय र जनतालाइ जोडने सेतुको काम गरि स्थानीय विकास र राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन पनि सकिने उनको भनाई छ  । 
सामाजिक उत्तरदायित्व अन्र्तगत विगतदेखि नै स्वंयमसेवी रुपमा युवा तथा बिद्यार्थीहरुलाई पत्रकारिता र नेतृत्व सम्बन्धि तालिम दिई समाजमा योगदान पुरयाईरहेको पी. सी. एन्. शुक्रवारदेखि गुलरियाबाट तालिम अभियान शुरु गरेको भएपनि बर्दिया र बाकेका सबै स्थानीय तहका अधिकांश युवाहरुलेतालिमबाट लाभ लिन सक्ने छन् । थेउरी र प्राक्टिल गरि ३ महिना सञ्चालन हुने तालिम अभियानमा बर्दिया र बांके जिल्लामा  रेडियो,टेलिभिजन,छापा माध्यममा कार्यरत वरिष्ठ एंव चर्चित पत्रकारहरुले सहजीकरण गरिरहेको आयोजकले जनाएको छ।
समाजमा भएका बिकृति बिसंगतिहरुको पर्दाफास गर्दै भर्खर निर्वाचित भएका स्थानीय जनप्रतिनिधि,कर्मचारी, स्थानीय जनताहरु बीच संवाद ,सहमति ,सहकार्यको वातावरण सिर्जना गरि सुशासन र दिगो विकासको पक्षमा जनप्रतिनिधिहरुलाई घच्घच्याउन आफु पत्रकारिता तालिममा सहभागी हुन आएको गेरुवा गाउपालिका १ सरखोलभटेराकी निर्जकला चौधरीले बताईन । 
बांसगढी नगरपालिका ९का अर्का सहभागी भरत उपाध्यायले ओझेलमा परेका,पिछडिएका सर्वसाधरणलाईलाई सशतिmकरण गर्न आफु प्रेस क्लबले संचालन गरेको पत्रकारिता तालिमममा सहभागी हुन आएको बताए । 
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धितालले जनप्रतिनिधी,सरकारी तथा गैर सरकारी निकाय,सहकारी र निजी क्षेत्र निजी क्षेत्रले गरेका रचनात्मक कार्यहरुलाई स्थानीय संचार माध्यममा प्रकाशन एंव प्रसारण गरि सामाजिक योगदान दिदै आएको स्वयमसेवी संस्था प्रेस क्लबले युवा बिद्यार्थीलाई संचालन गरेको  विकास पत्रकारिता तालिमले स्थानीय तहमा कृयाशील जनप्रतिनिधि,राजनैतिक दल,निजी क्षेत्र, नागरिक समाज,सरकारी तथा गैर सरकारी निकाय निकायकोे भूमिका र दायित्वलाई स्पष्ट पार्दै थप जवाफदेही एंव पारदर्शी बनाउन  महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले यो तालिम अभियानलाई सरकारी,निजी र सहकारी सबै क्षेत्रबाट पुरा सहयोग हुने विश्वास पनि ब्यक्त गरे । 
नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष एंव एशियन पत्रकार महासंघका केन्द्रिय सदस्य एंव कृष्णप्रसाद बस्याल,कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादक कमल पन्थी, नागरिक दैनिकका संवाददाता निर्मल घिमिर,कारोवार दैनिकका संवाददाता लक्ष्मण ढुंगानाले मानवसमाजको दैनिक जीवनको अभिन्न अंग बनेको  पत्रकारिताको अन्तिम उद्देश्ययले एउटा आर्दश समाजको स्थापना हो भन्ने मान्यतालाई बुझेर स्थानीय प्रजातन्त्रको सञ्चालनमा सहयोग पुरयाई स्थानीय तहलाई समावेशी विकासमा अग्रसर गराउने उदेश्ययले प्रेस क्लबले युवा बिद्यार्थीहरुलाई संचालन गरेको उद्घोषण पत्रकारिता तालिम अत्यन्त सकारात्मक एंव आवश्यक काम भएको बताए । 
प्रेस तथा अभिब्यतिm स्वतन्त्रतामा जोड दिदै सुशासन, प्रेस स्वतन्त्रता,स्थानीय विकास, पर्यटन प्रर्वद्धन र प्रकृति संरक्षणमा डेढ दशकदेखि कृयाशील संस्था प्रेस क्लब नेपाल (पी सी एन ) पत्रकार तथा प्रशिक्षार्थी पत्रकारहरुलाई एक सुत्रमा आबद्ध गर्दे समसामयिक तथा विकास सम्बन्धि कार्यलाई संचार माध्यमद्दारा प्रकाशन एंव प्रसारण गरि विगत १६बर्षदेखि स्थानीय विकासमा योगदान पुरयाईरहेको छ। यसले बिभिन्न स्थानीय तहमा सुशासन,विकास तथा प्रेस समितिहरु गठन गरि सुशासन प्रर्वद्धनात्मक अभियान पनि संचालन गरेको छ  । समाज विकासमा योगदान पुरयाउने संचारकर्मी,समाजसेवी,नागरिक अगुवा,जनप्रतिनिधी,राष्ट्रसेवक कर्मचारी ,उधोगी व्यवसायीलाई सम्मान गरि पी सी एन्ले उनीहरुको हौसला बढाउने कार्य पनि गर्दे आईरहेको छ । 


Comments