प्रेसक्लब
बर्दिया २० वैशाख । बर्दियामा सप्ताहव्यापी रुपमा बिभिन्न कार्यक्रम गरि राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवस मनाईदै छ ।
दिवसको मुख्य दिन बुधवार बिहान सदरमुकाम गुलरियामा सुचना तथा सञ्चार प्रविधिको विस्तार सुशासन र समृद्धको आधार भन्ने मुल नाराका साथ प्रभातफेरि र कोणसभा आयोजना गरियो । राधाकृष्ण चोकबाट शुरु भएको प्रभातफेरि हुलाक चोक, जिल्लाप्रहरी कार्यालय चोक हुदै राधाकृष्ण चोकमा आई कोणसभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दे कम्प्युटर एशोसियसन नेपालका जिल्ला अध्यक्ष निम थापाले मानव जीवनका लागि अत्यन्तै उपयोगी र नभई नहुने आवश्कताको रुपमा विकास भईरहेको सूचना प्रविधिको विकास तथा विस्तारले मुलुकको छिटोछरितो समृद्धि हासिल गर्न योगदान पुरयाउने भएकाले सरकारले सुचना प्रविधिलाई गाउगाउमा पुरयाउनु प्राथमिकता दिनुपर्ने बताए । उनले सुचना प्रविधिको सही प्रयोगलाई प्रोत्साहन गर्न गराउन आफुहरु सरकारसंग मिलेर गाउतहसम्म कार्यक्रम लिएर जान तैयार समेत रहेको धारणा राखे ।
कम्प्युटर एशोसियसन नेपालका पुर्व अध्यक्ष एंव सल्लाहकार प्रशान्त टण्डनले पछिल्लो समय सुचना तथा प्रविधिको तीव्र विकासले हरेक क्षेत्रमा उल्लेख्य योगदान पुरयाएपनि यसको दुरुपयोग थप चुनौतिको विषय बनेको भन्दै दुरुपयोग रोक्न सुचना प्रविधि अपराध सम्बन्धि बिद्यमान कानुन र नीति नियम बारे सचेतना जगाउनु पर्ने र सो कालगि आफुहरु तैयार रहेको बताए ।
रािष्ट्रय सुचना प्रविधि दिवसकै अवसर पारेर कम्प्युटर एशोसियसन नेपाल (क्यान )जिल्ला शाखा बर्दियाले २० र २१गते भुरिगाउ, बाँसगढी ,सानोश्री र गुलरियाका १०वटा सेण्टरहरुमा फ्री कम्प्युटर र्सिर्भस क्याम्प, २२गते शनिवार पत्रकार,स्थानीय तहका कर्मचारी , बिद्यार्थी र सुचना प्रविधि व्यवसायी बीच आ.सी.टी. सेक्युरिटी सम्बन्धि अन्तरकृया कार्यक्रम संचालन गर्ने संघका अध्यक्ष थापाले बताए ।
Comments
Post a Comment