निर्माण कार्यमा लापरवाही र ढिलाई गर्ने व्यवसायी र कर्मचारीहरु फन्दामा पर्ने


पी सी एन/ लुम्बिनी पत्र
बर्दिया,१८ जेठ । बर्दिया १का प्रतिनिधी सभा सदस्य एंव पुर्व सिचाइमन्त्री सञ्जयकुमार गौतमले सडक,सिचाई ,स्वास्थ्य ,शिक्षा ,खानेपानी लगायतका भौतिक पुर्वाधारहरुको निर्माणमा लापरवाही र ढिलासुस्ती गर्ने कर्मचारी र निर्माण  व्यवसायी दुवै कारवाीमा पर्ने चेतावनी दिएका छन् । विकास निर्माणमा प्रत्यक्ष सरोकार राख्ने जनप्रतिनिधि,राजनैतिक दल,निर्माण व्यवसायी ,सरकारी अधिकारी लगायत सम्मिलित अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दे पुर्वमन्त्री गौतमले सो चेतावनी दिएका हुन ।
कृषि,पर्यटनबाट बर्दियालाई छिटो छरितो बनाउने हामी सबैको साझा सपनालाई सडक,सिचाईजस्ता भौतिक पुर्वाधारको निर्माण कार्यको महत्वपुर्ण भुमिका रहेने बताउदै उनले सडक निर्माण,सिचाइ प्रणालीको विकास तथा विस्तार र नदी नियन्त्रण कार्यमा लापरवाही गर्ने कर्मचारी वा ठेकेदार जो सुकै पनि कारवाहीको भागीदार हुने प्रष्टाए । गुणस्तरहिन निर्माण काम गर्ने र लापरवाही गर्नेहरुका विरुद्ध म जहिलेपनि कलम चलाउन तैयार छु  : उनले भने , रिंगरोड र नाली निर्माणमा संलग्न निर्माण व्यवसायी , कर्मचारीबाट लापरवाही गरेको स्थानीयको  गुनासो छ । त्यसैले गुणस्तरीय काम गर्न  गराउन हामी सबै लागौं ।
लक्ष्य अनुसार काम सम्पन्न नभई  विकास निर्माण कार्यमा ढिला सुस्ती बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बर्दियाले निर्माण कम्पनीहरुलाई जिल्ला प्रशासन कार्यालय बर्दियाले झिकाई आवश्यक निर्देशन दिएको केही समय नबित्दै पुर्वमन्त्री गौतमले पनि विकास निर्माण कार्यमा लापरवाही नर्गन आवश्यक निर्देशन दिएका हुन । 
पुर्वमन्त्री गौतमले मगरागाडि गुलरिया रजनावा बाटो , हुलाकी सडक,बबई सिचाई,कर्णाली नदी नियन्त्रण आयोजना ,बबई भादा औरही नियन्त्रण आयोजना , गुलरिया मुर्तीहा नाका बर्दियालाई समृद्धि तर्फ लैजाने अति आवश्यक काम भएकाले जिल्लाका आठै स्थानीय तह,प्रदेश तथा केन्द्र सरकार मिली सो काम समयमै पुुरा गराउनु लागुपर्ने बताए । 
अन्तरकृया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रामबहादुरु कुरुम्बाङ्गले निर्माण व्यवसायीकै लापरवाहि र ढिलासुस्तीकै कारण विकास निर्माणले गती लिन नसकेको र लक्ष्य अनुसारको प्रगती हुन नसकेको  बताउदै यस्तो बेथितिलाई प्रशासनले टुलुटुलु हेरेर नबस्ने प्रष्ट पारे । लक्ष्यअनुसार गुणस्तरीय कामनगर्नै निर्माण व्यवसायीहरुलाई  सरकार प्रहरी प्रशासनले कुनै हालतमा प्रश्रय नदिने उनको भनाई छ ।
अन्तरकृया कार्यक्रममा आफनो धारणा राख्दै निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष भेषराज पौडेलले सरकारले समयमा वजेट निकासा नगरेकै कारण निर्माण कार्यमा ढिलासुस्ती हुने गरेको बताउदै सम्झौता बिपरीत काम गर्ने निर्माण व्यवसायीहरुलाई आफुले पनि प्रश्रय नदिने प्रष्टाए ।
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धितालले विकास निर्माण कार्यलाई दिगो र गुणस्तरीय बनाउन मिडिया,सरकारी निकाय र स्थानीय जनप्रतिनिधीहरुले निर्माणधीन योजनाको नियमित खबरदारी र अनुगमन गर्नुपर्ने बताए ।
कार्यक्रममा निर्माण कार्यमा सरोकार राख्ने सरकारी अधिकारीहरुले हालसम्मको प्रगती विवरण पेश गरेका थिए। 


Comments