निजी लगानीमा बर्दियामा आजबाट महिला कप फुटबल शुरु हुदै


पी सी एन
बर्दिया १० जेठ । निजी लगानीमा जिल्लामा पहिलोपटक आजबाट महिला कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको छ । 
गुरुंग डाइभिंङ्ग एण्ड ट्रेनिङ्ग सेण्टर प्रा.लि.का सञ्चालक ३१बर्षीय नवराज गुरुङ्ग को लागानीमा जनजागृति समाज कल्याण युवा क्लब मार्फत सो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
बर्दिया जिल्लालाई महिला फुटबलको माध्यमबाट राष्ट्टिय अन्र्तराष्ट्टिय स्तरमा पहिचान गराउने उदेश्ययले प्रतियोगिता आयोजना गर्न  लागेको क्लबले जनाएको छ । 
जेठ १०देखि १५गतेसम्म बासगढी नगरपालिका वडा नम्बर ६ स्थित  गुरुंङ्ग डाइभिंग एण्ड ट्रेनिङ्ग सेण्टर प्रा.लि.को ग्राउण्डमा संचालन हुने सो प्रतियोगिताको सम्पुर्ण तैयारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
प्रतियोगितामा बर्दिया,दांग,दैलेख ,सुर्खेत र बांके गरि पांच जिल्लाका ७वटा टिमको सहभागीता हुनेछ । 

प्रतियोगितामा प्रथम हुने टिमलाई शिल्ड मेडलसहित ५०हजार १,उपबिजेतालाई शिल्ड मेडलसहित ३०हजार १,सेमीफाईनलमा पुग्ने २वटा टिमलाई प्रमाण पत्र सहित १०हजार नगद पुरस्कार दिईने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडिलाई नगद रु ५हजार, उत्कृष्ट फरवार्ड,गोलकिपर,डिफेन्स,सर्वाधिक गोलकर्तालाई ३हजार पुरस्कार प्रदान गरिने छ । 
फुटबलको विकास गर्न , स्वास्थ्य नागरिक तैयार गर्न र बर्दिया जिल्लाको पहिचान बढाउन निजी लगानीमा महिला फुटबल प्रतियोगिता राखेर गुरुंग डाइभिंग एण्ड ट्रेनिङ्ग सेण्टर प्रा.लि.का प्रोप्राईटर नवराज गुरुंङ्गले फुटबल खेलाडिलाई ठुलो गुण लाएको बर्दिया जिल्ला फुटबल महासंघका अध्यक्ष अजीत राजभण्डारीले बताए । उनले अनुकरणीय कार्य गर्न लागेका गुरुंङ्गको अभियानमा संघले पुरा सहयोग गर्ने प्रतिबद्धता जनाए । 


Comments