निजी लगानीमा बर्दियामा शुरु भो महिला फुटबल , पहिलो दिनको खेलमा बर्दिया बिजयी


पी सी एन 

बर्दिया १० जेठ । जिल्लालाई महिला फुटबलको माध्यमबाट राष्ट्टिय अन्र्तराष्ट्टिय स्तरमा पहिचान गराउने उदेश्ययले निजी लगानीमा पहिलोपटक बर्दियामा शुरु गरिएको महिला कप फुटबल प्रतियोगिता बिहीबारबाट बासगढीको दमौलीमा शुरु भएको छ । बासगढी नगरपालिका वडा नम्बर ६ स्थित  गुरुंङ्ग डाइभिंङ्ग एण्ड ट्रेनिङ्ग सेण्टर प्रा.लि.को ग्राउण्डमा  पानसमा दीप प्रजवलित गरि  र रेफ्री पुरुषोतम श्रेष्ठलाई बल हस्तान्तरण प्रदेश सभा सदस्य कविराम थारु र बासगढी नगरप्रमुख शालीकराम अधिकारीले  प्रतियोगताको उद्घाटन गरे ।गुरुंग डाइभिंङ्ग एण्ड ट्रेनिङ्ग सेण्टर प्रा.लि.का सञ्चालक  एंव जनजागृति समाज कल्याण युवा क्लबका अध्यक्ष समेत रहेका  ३१बर्षीय नवराज गुरुङ्गको लगानीमा शुरु भएको सो प्रतियोगितामा बिहीबारको खेलमा बर्दियाले शुन्यका विरुद्ध ८ गोल गरेको छ । सोमवारको खेलमा बर्दियाका तर्फबाट प्रमीला थारुले २,सपना थारुले २,अजिता घर्ती मगरले १,सुस्मिता चौधरीले १ ,मञ्जु चौधरीले १ र सुरक्षा सुखरियाले १ गोल गरि दाङ्गलाइ पराजित गरेका हुन । भोली शुक्रबारको खेल सुर्खेत र बाके बीच बेलुका ४बजे दमौलीस्थित डाइभिंङ्ग एण्ड ट्रेनिङ्ग सेण्टर प्रा.लि.को खेल मैदानमै हुने जिल्ला फुटबल संघ बर्दियाका अध्यक्ष अजीत राजभण्डारीले बताए । प्रतियोगिता उद्घाटन कार्यक्रमा बोल्दै प्रदेश सभा सदस्य कविराम थारु,बांसगढी नगरपालिकाको प्रमुख शालीकराम अधिकारी,एन्फाका केन्द्रिय सदस्य प्रदेशसिंह राठौर,जिल्ला खेलकूद विकास समितिका अध्यक्ष खगेन्द्र खनाल,बर्दिया जिल्ला फुटबल संघका अध्यक्ष अजीत राजभण्डारी,बांके अध्यक्ष भोजराज शाहीले निजी लगानीमा फूटबलको विकास तथा विस्तारका लागि नवराज गुरुङ्गले थालेको अभियानमा आफुहरुले पनि आ आफनो तह र तप्काबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
बिहीबार जेठ १०देखि शुरु भएको सो प्रतियोगिता १५गतेसम्म संचालन हुने आयोजकले बताए । प्रतियोगितामा बर्दिया,दांग,दैलेख ,सुर्खेत र बांके गरि पांच जिल्लाका ७वटा टिमको सहभागीता छ ।  प्रतियोगितामा प्रथम हुने टिमलाई शिल्ड मेडलसहित ५०हजार १,उपबिजेतालाई शिल्ड मेडलसहित ३०हजार १,सेमीफाईनलमा पुग्ने २वटा टिमलाई प्रमाण पत्र सहित १०हजार नगद पुरस्कार दिईने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडिलाई नगद रु ५हजार, उत्कृष्ट फरवार्ड,गोलकिपर,डिफेन्स,सर्वाधिक गोलकर्तालाई ३हजार पुरस्कार प्रदान गरिने छ ।

Comments