महिला फुटबलको दोस्रो दिनको खेल सुर्खेतले जित्यो


पी सी एन
बर्दिया ११ जेठ । निजी लगानीमा बर्दियामा पहिलोपटक शुरु गरिएको महिला कप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सुर्खेतले जित हासिल पारेको छ । 
बासगढी नगरपालिका वडा नम्बर ६ स्थित  गुरुंङ्ग डाइभिंङ्ग एण्ड ट्रेनिङ्ग सेण्टर प्रा.लि.को ग्राउण्डमा शुक्रवार टिम ए सुर्खेत र बाके जनज्योती क्लब बीचको खेलमा सुर्खेतले २गोल गरेको छ । 
पहिलो हाफमा केही नभएको खेलमा दास्रो हाफको २ मिनेटमा जर्सी नं ७ का आशा शाहीले पहिलो उनले नै २० मिनेटमा दोस्रो गोल हानेको  जनजागृति समाज कल्याण युवा क्लबका सचिव पवन गुरुङ्गले जानकारी दिए । 
जिल्लालाई महिला फुटबलको माध्यमबाट राष्ट्टिय अन्र्तराष्ट्टिय स्तरमा पहिचान गराउने उदेश्ययले संचालन गरिएको तेस्रो दिन अर्थात शनिवारको खेल बर्दिया नीलो र बाके दीपज्योती बीच हुने जिल्ला फुटबल संघ बर्दियाका अध्यक्ष अजीतराज भण्डारीले बताए । 
गुरुंग डाइभिंङ्ग एण्ड ट्रेनिङ्ग सेण्टर प्रा.लि.का सञ्चालक  एंव जनजागृति समाज कल्याण युवा क्लबका अध्यक्ष समेत रहेका  ३१बर्षीय नवराज गुरुङ्गको लगानीमा बिहीबाट सो प्रतयोगिता शुरु भएको हो ।
१५गतेसम्म संचालन हुने प्रतियोगितामा  बर्दिया,दांग,दैलेख ,सुर्खेत र बांके गरि पांच जिल्लाका ७वटा टिमको सहभागीता छ ।  
प्रतियोगितामा प्रथम हुने टिमलाई शिल्ड मेडलसहित ५०हजार १,उपबिजेतालाई शिल्ड मेडलसहित ३०हजार १,सेमीफाईनलमा पुग्ने २वटा टिमलाई प्रमाण पत्र सहित १०हजार नगद पुरस्कार दिईने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडिलाई नगद रु ५हजार, उत्कृष्ट फरवार्ड,गोलकिपर,डिफेन्स,सर्वाधिक गोलकर्तालाई ३हजार पुरस्कार प्रदान गरिने छ ।


Comments