महिला फुटबलको तेस्रो दिनको खेल बर्दिया ब्लुले जित्यो


पी सी एन
बर्दिया १२ जेठ । निजी लगानीमा बर्दियामा पहिलोपटक शुरु गरिएको महिला कप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा  बर्दिया ब्लुले जित हासिल गरेको छ । बर्दिया ब्लु र बाके दीप ज्योती क्लब बीचको खेलमा पहिलो हाफ दोस्रो हाफमा कुनै गोल हुन नसकेपछि पेनाल्टी शुटमा बर्दिया र दैलेखले बराबरी ३ ÷३ गोल गरेका थिए । पेनाल्टी शुटमा बराबरी भएपछि पहिलो सडन डेथमा दुबै टिमबाट एक एक गोल गरिएको थियो । दोस्रो सडन डेथमा बर्दियाकी सुनिता चौधरीले बाके बिरुद्ध एक गोल गरेर बर्दियालाई जिताएकी हुन । दोस्रो सडकन डेथमा दैलेखलाई शुन्यका विरुद्ध २१गोल प्रहार गरिएको थियो । आईतवारको खेल बर्दिया रेड र दैलेख बीच हुने आयोजकले जनाएको छ । 
शनिवारको दोस्रो दिनको खेलमा भने सुर्खेतले जित हासिल पारेको थियो । बासगढी नगरपालिका वडा नम्बर ६ स्थित  गुरुंङ्ग डाइभिंङ्ग एण्ड ट्रेनिङ्ग सेण्टर प्रा.लि.को ग्राउण्डमा शुक्रवार टिम ए सुर्खेत र बाके जनज्योती क्लब बीचको खेलमा सुर्खेतले २गोल गरेको छ । 
पहिलो हाफमा केही नभएको खेलमा दास्रो हाफको २ मिनेटमा जर्सी नं ७ का आशा शाहीले पहिलो उनले नै २० मिनेटमा दोस्रो गोल हानेको  जनजागृति समाज कल्याण युवा क्लबका सचिव पवन गुरुङ्गले जानकारी दिए । 
जिल्लालाई महिला फुटबलको माध्यमबाट राष्ट्टिय अन्र्तराष्ट्टिय स्तरमा पहिचान गराउने उदेश्ययले संचालन गरिएको तेस्रो दिन अर्थात शनिवारको खेल बर्दिया नीलो र बाके दीपज्योती बीच हुने जिल्ला फुटबल संघ बर्दियाका अध्यक्ष अजीतराज भण्डारीले बताए । 
गुरुंग डाइभिंङ्ग एण्ड ट्रेनिङ्ग सेण्टर प्रा.लि.का सञ्चालक  एंव जनजागृति समाज कल्याण युवा क्लबका अध्यक्ष समेत रहेका  ३१बर्षीय नवराज गुरुङ्गको लगानीमा बिहीबाट सो प्रतयोगिता शुरु भएको हो ।
१५गतेसम्म संचालन हुने प्रतियोगितामा  बर्दिया,दांग,दैलेख ,सुर्खेत र बांके गरि पांच जिल्लाका ७वटा टिमको सहभागीता छ ।  
प्रतियोगितामा प्रथम हुने टिमलाई शिल्ड मेडलसहित ५०हजार १,उपबिजेतालाई शिल्ड मेडलसहित ३०हजार १,सेमीफाईनलमा पुग्ने २वटा टिमलाई प्रमाण पत्र सहित १०हजार नगद पुरस्कार दिईने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडिलाई नगद रु ५हजार, उत्कृष्ट फरवार्ड,गोलकिपर,डिफेन्स,सर्वाधिक गोलकर्तालाई ३हजार पुरस्कार प्रदान गरिने छ ।

Comments